केटी साथि भेट्न जाँदा शिकारीको गाेलि लागि गयाे ज्यान, किशोरी घाइते

अजरन्यूज संवाददाता
प्यूठान । प्यूठान गाैमुखीकाे जंगलमा शिकार खेल्ने क्रममा गोली लाग्दा एक किशोरको ज्यान गएको छ । संगै रहेकी किशोरी घाइते भएकी छ्न ।
गौमुखी गाउँपालिका–४ सुङगुरखाल पुजा स्थित चुपाल सामुदायिक वनमा जंगली जनावर बँदेल ठानेर बन्दुकको फायर खोल्दा गोली लागेर घाइते भएका किशोरको बुटवलमा उपचारको क्रममा ज्यान गएको हो ।
प्यूठानको नौबहिनी गाउँपालिका–४ का १९ वर्षीय सुशिल परियारलाई चैत्र २९ गते राति करिव पाैने ११ बजेको समयमा गोली लागेको प्यूठान प्रहरीले जनाएको छ । गोलि लागि घाइते भएका परियारलाई उपचारका लागि बुटवल ल्याईएकाेमा उनकाे उपचारका क्रममा चैत्र ३० गते मृत्यु भएको प्यूठान प्रहरी निमित्त प्रमुख प्रहरी निरिक्षक हरी भट्टराईले बताए ।
मृतक परियार नौबहिनी गाउँपालिका-४ खवाङबाटआफ्ना साथी सन्जु परियार भनिने दुर्जे दमाईसँग साढे तीन घण्टाको पैदलयात्रा गरी गौमुखी गाउँपालिकाको वाग्लिवाङमा केटी साथी भेट्न गएका थिए ।
घटनामा गौमुखी गाउँपालिका-४ की १८ वर्षीया किशोरी घाइते छिन् । उनको लुम्बिनी सिटी हस्पिटल बुटुवलमा उपचार भैरहेको छ । किशोरीको अवस्था भने खतरा मुक्त रहेको जनाईएको छ ।
गौमुखी गाउँपालिका-४ का २७ वर्षीय वीरेन्द्र केसीसहित ४ जनाको समूह शिकार खेल्न जंगल गएका थिए । गोलि चलाउने केसी र उनीसँगै शिकार खेल्न गएका २२ वर्षिय बिश्वास केसी, १९ वर्षिय वबि केसी, १४ वर्षिय बालकलाई प्रहरीले पक्राउ गरेको छ । दुई थान भरूवा बन्दुक पनि बरामद भएको प्रहरीले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
चारै जनालाई अदालतबाट ५ दिनको म्याद थप गरि ज्यान सम्बन्धि मुद्दा र हातहतियार मुद्दा चलाउने गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको राज्य सञ्चालनको अवस्थाप्रति असन्तुष्टि जनाउँदै राज्य राज्यजस्तो नरहेको टिप्पणी गरेका छन्। प्रेस ...
दाङ । दाङको देउखुरीमा मध्यराति भएको सडक दुर्घटनामा एक युवकको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। ...
बुटवल । नवलपरासीकाे रामग्राममा ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोषकान्त पोखरेलको निधन भएको छ । आज शुक्रबार दिउँसो पश्चिमबाट पूर्वतर्फ जाँदै ...