अन्नपूर्णले पोतेको खुसीका रङ (तस्वीरहरु)

१ मंसिर, काठमाडौं । मन चंगा छ । एकाबिहानै उड्दैउड्दै अन्नपूर्ण र माछापुच्छ्रे हिमालको काखमा पुगिसकेको छ । घरबाट पाइला चाल्नुअघि नै मनले भने अन्नपूर्ण बेसक्याम्पमा लुटुपुटु गरिसकेको छ ।
सायद मनजत्तिकै तीव्र गतिमा मानिसको पैताला चल्ने भए म पनि सेकेण्डमै अन्नपूर्णलाई पृष्ठभूमिमा राखेर उफ्रिसकेको हुने थिएँ । तर, मनजस्तो कहाँ हुन्छ र यात्रा ? बन्दोबस्तीका सामग्री झोलामा राख्नैपर्यो, घरबाट निस्कनैपर्यो, पाइला चाल्नैपर्यो । मन अन्नपूर्ण आधार शिवरमा पुगेर रमाइसकेपछि म त्यही दृश्यलाई आँखा राखेर घरबाट निस्किएँ ।
हुन त बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस् भन्ने गीत जति सुन्दर छ, पोखरेलीको मन पनि त्यतिकै रोमाञ्चक बनाउँछ अन्नपूर्ण र माछापुच्छ्रे हिमशृंखलाले । पोखराबाट बिहानै उठेर हेर्दा लाग्छ, खुर्र दौडिए, अन्नपूर्ण हिमशृंखला पुगिन्छ, बुरुक्क उफ्रिए माछापुच्छ्रे् टेकिन्छ ।

सायद संसारमा यस्तो अनुभूति सायदै गर्न पाइन्छ । तर, हिमालकै काखमा हिमालको चिसो हावा लिँदै हिमालसँगै रमाउनका निम्ति त हिँड्नैपर्थ्यो । केही दिन अघि म त्यही मजा लिन निस्किएँ ।

एकै छिन वा एकैदिन किन नहोस्, जिन्दगीका सारा दुख र सपनाहरु । रमायो र मन चंगा बनायो । अनि कैद गरें ती दृश्यहरु, मनको क्यानभासमा जस्तै क्यामरामा पनि ।
कतै सेताम्मे त कहिले सुनजस्ता टल्किएका हिमालले अहिले पनि मेरो अनुहारमा खुसीको रङ ल्याइरहेको छ । ती दृश्यहरु कैद गरेर फर्किएदेखि अहिले पनि यत्तिकै मन चंगा नै छ र यी दृश्यहरु पदयात्रा पारखीका निम्ति पस्किएको छु ।
अजरन्यूज संवाददाता बुटवल ।अष्ट्रेलियावाट मास्टर्स गरेर केही दिन अगाडी मात्र नेपाल आएका बुटवल मिलनचोक स्थायी घर भएका ३० वर्षीय आशिष ...
बुटवल । खोटाङको बेलाबेसीमा बुधबार बिहान भएको हेलिकप्टर दुर्घटनाबारे एयर डाइनेस्टीले दुईवटा छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै काठमाडौंबाट खोटाङतर्फ उडेको ९ ...
आफ्ना किशोरावस्थाका छोराछोरीहरूले हानिकारक सामग्रीहरू हेरेर आत्महत्या गरेको भन्दै फ्रान्समा सात परिवारले सोसल मिडिया प्लेटफर्म टिकटक विरुद्ध मुद्दा दायर गरेका ...