रुपन्देही – २ का उम्मेदवार विश्वदीप पाण्डे र प्रचण्डबीच भेटवार्ता

बुटवल । नेपाली कम्युनिस्ट पार्टीबाट रुपन्देही –२ मा उम्मेदवार बनेका सुवास पाण्डे विश्वदीप र पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच चुनावी क्षेत्रको अवस्थाबारे छलफल भएको छ ।
रुपन्देही २ का उम्मेदवार पाण्डेले मंगलबार काठमाडौँमा प्रचण्डसँग भेट गरी आफ्नो क्षेत्रको अवस्थाबारे जानकारी गराएका हुन ।
बुटवल लुम्बिनी प्रदेशको प्रमुख सहर मात्रै होईन, यस क्षेत्रबाट एमाले उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री बिष्णुप्रसाद पौडेल समेत चुनावी प्रतिष्पर्धामा भएकोले निकै चासोका साथ हेरिएको छ ।
स्पन्देही क्षेत्र नं २ का उम्मेदवार पाण्डेसंग प्रचण्डले निर्वाचनको समग्र माहोलबारे जानकारी लिएका छन ।
भेटका क्रममा प्रचण्डले उनलाई आम मतदाताको भावना बुझेर अघि बढ्न सुझाव दिएका छन् । पाण्डेले विश्वसम्पदामा सूचिकृत लुम्बिनी र महत्त्वपूर्ण व्यापारिक केन्द्र बुटवलको बिकासको सम्भावनाबारे चर्चा गर्दै व्यवस्थित विकासमार्फत सिङ्गो मुलुकको मुहार फेर्न सकिने अवधारणा प्रस्तुत गरेका थिए ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको सचिवालयमा लामो समय कार्यरत विश्वदीपले अर्थमन्त्री र प्रधानमन्त्रीको स्वकीय सचिव,सल्लाहकारको जिम्मेवारी समेत निर्वाह गर्दै पछिल्लो समय संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रधानमन्त्री कार्यकालमा युवा तथा सामाजिक विकास विज्ञको भूमिकामा समेत योगदान दिएका थिए ।
पाण्डेले रुपन्देहीमा पार्टी नेतृत्वसँग लामो समयदेखि जोडिएर काम गरेको अनुभव तथा नयाँ पुस्ताको भावना प्रतिनिधित्व गर्न सक्ने क्षमता आफूमा रहेकाले निर्वाचनको माहोल र परिणाम आफ्नो पक्षमा सकारात्मक आउने उनले बताए ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नं। २ बाट नेपाली कम्युनिस्ट पार्टीका पाण्डेसहित नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, नेपाली कांग्रेसका चुन्नुप्रसाद पौडेल तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेलसहितका उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको राज्य सञ्चालनको अवस्थाप्रति असन्तुष्टि जनाउँदै राज्य राज्यजस्तो नरहेको टिप्पणी गरेका छन्। प्रेस ...
दाङ । दाङको देउखुरीमा मध्यराति भएको सडक दुर्घटनामा एक युवकको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। ...
बुटवल । नवलपरासीकाे रामग्राममा ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोषकान्त पोखरेलको निधन भएको छ । आज शुक्रबार दिउँसो पश्चिमबाट पूर्वतर्फ जाँदै ...