बुटवलका युवा सात दिनदेखि देवघाटमा वेपत्ता

अजरन्यूज संवाददाता
बुटवल ।अष्ट्रेलियावाट मास्टर्स गरेर केही दिन अगाडी मात्र नेपाल आएका बुटवल मिलनचोक स्थायी घर भएका ३० वर्षीय आशिष कंडेल देवघाटमा नुहाउने क्रममा भुँवरीमा परी बेपत्ता भएका छन् ।
केही वर्ष अघि अध्ययनका लागि विदेश गएका र मास्टर्स गरेसँगै आशिष डेढ महिना अघि मात्र नेपाल फर्किएका थिए । आफ्नो धर्म संस्कृति अनुसार आशिष चैत्र ४ गते चितवन पुगेर अर्को दिन ५ गते बिहान पवित्र धार्मिक स्थल देवघाटमा नुहाउन गएका थिए ।
केही वर्षदेखि काठमाडौँ कलंकीमा आमा सीता अर्याल बस्ने गरेकाे र उनी विदेशबाट आएपछि आमासंगै बस्थे । उनले आफन्तसंग चैत्र ५ गते बिहान देवघाटमा नुहाएर बुटवल तीन दिन बस्ने याेजना बनाएकाे आफन्तसंग बताएका थिए ।
तर विडम्बना , उनी त्यहीँ दिन देवघाटमा नुहाउने क्रममा नारायणी नदीकाे भुँवरीमा परे । नदीमा दुर्घटनामा परेकाे सात दिन हुँदासम्म पनि आशिषको शरीर नभेटिएपछि आमा र उनको परिवार बिछिप्त अवस्थामा छन् । नुहाउन जाँदा नदीको किनारमा खोलेर राखेका कपडा र मोवाइल प्रहरीले भेटाएकाे थियो ।
नदीको किनारमा एक घण्टा ध्यान बसेर नदीमा पसेका आशिष भुँवरीमा पर्नासाथ हात माथि उठाएर गुहार त मागेका थिए तर नुहाउन पुगेका अन्य भक्तजन मात्र होइन, बोटेहरु पनि भुँवरी परेको ठाउँमा जान हिच्किचाएकाे पीडित आफन्तले बताएका छन् । आशिष डुवेको देख्नेहरुले तत्काल प्रहरीलाई खबर गरे पनि उद्दार संभव भएन ।
पहिलो दिनदेखि सात दिनसम्म उद्दारमा र खोजी कार्यमा दख्खल राख्ने सशस्त्र प्रहरीको टोली र आफन्तहरु निरन्तर खोजी कार्यमा लागेपनि आशिषको शरीर भेटिएको छैन ।
आशिषको दिदी आरती धेरै जसो प्रशिद्ध धार्मिक अनुष्ठान क्षेत्र भारतमा बस्ने गरेकी छन् भने बुवा रामकृष्ण कण्डेलको २५ वर्ष अगाडि नै बुटवल खानेपानी अफिसवाट ६ दिने ट्रेनिङका लागि काठमाडौँ जाने क्रममा नौविसे नजिक बस दुर्घटनामा परी दुखद निधन भएको थियो ।
अजरन्यूज संवाददाता प्यूठान । प्यूठान गाैमुखीकाे जंगलमा शिकार खेल्ने क्रममा गोली लाग्दा एक किशोरको ज्यान गएको छ । संगै रहेकी ...
पोखरा । प्रदेशकाे मन्त्री बन्न नपाएपछि गण्डकीका एक प्रदेशसभा सदस्यले राजिनामा दिएका छन् । गण्डकी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदा ...
अजरन्यूज संवाददाता बुटवल । बुटवलको याेगिकुटीस्थित एक सुनचाँदी पसलबाट सुनकाे सिक्री चाेरी गरेर फरार दुई महिला कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटामा ...