रुपन्देहीमा प्रलोपामा बिद्रोह, एमाले उम्मेदवारलाई सघाउने निर्णय खारेज भएको ईन्चार्ज राईको दाबी

अजरन्यूज संवाददाता
बुटवल । रुपन्देही क्षेत्र नं ३ मा प्रगतिशिल लोकतान्त्रिक पार्टी ं(प्रलोपा ) ले नेकपा एमालेका उम्मेदवार बासुदेव घिमिरेलाई सघाउने सहमति गरेपछि प्रलोपाभित्र तिब्र असन्तुष्टि देखिएको छ ।
प्रलोपा रुपन्देही क्षेत्र नं. ३ का उम्मेदवार गोविन्द काराखेतीले यसअघि नै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई सघाउने घोषणा गर्दै उक्त पार्टी नै परित्याग गरिसकेका छन । काराखेतीले उम्मेदवारी निष्क्रिय पारेपछि प्रलोपा त्यस क्षेत्रमा उम्मेदवारीविहिन छ ।
प्रलोपाका लुम्बिनी प्रदेश अध्यक्ष एवं रुपन्देही ईन्चार्ज पंकज राईले निर्णय बेगर गरिएका कुनै पनि सहमति पार्टीलाई अमान्य हुने बताएका छन । उनले पार्टीका नेताहरु बामदेव क्षेत्री र यज्ञ पोखरेलले दुई समानुपातिक उम्मेदवारलाई भ्रममा पारेर सहमति गरेको उल्लेख गरेका छन । आज नेता क्षेत्रीको पहलमा एमाले सहितको बैठकले क्षेत्र नं ३ मा एमाले उम्मेदवारलाई सघाउने निर्णय भएको समाचार सार्वजनिक भएको थियो ।
प्रलोपा जिल्ला ईन्चार्ज पंकज राई, जिल्ला संयोजक कृष्ण बन्जाडे, र जिल्ला सचिव समिर चापागाईले उक्त निर्णयप्रति असहमति जनाउदै पार्टीमा समन्वय नगरी एकलौटी रूपमा निर्णय गरिएको भन्दै आपत्ति जनाएका छन । र, उक्त निर्णय खारेज गरिएको बताएका छन ।
नेता राईले पार्टीको समानुपातिक उम्मेदवार विमला वि.क. र रबिना भण्डारीलाई पार्टीका दुई नेताले केन्द्र र प्रदेशसंग सल्लाह गरेरै एमाले उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको भन्ने भ्रममा राखेर सहमति पत्रमा हस्ताक्षर गर्न लगाईएको उल्लेख गरे ।
यस्तै प्रलोपाका नेता एवं निवर्तमान समाजवादी पार्टीका रुपन्देही संयोजक शोभाकान्त नेपालले सिमित नेताको स्वार्थमा गरिएको उक्त निर्णय कार्यान्वयन नहुने बताए । उनले कसैले लादेर निर्णय नहुने भन्दै गलत निर्णयका विरुद्ध बिद्रोह हुने जिकिर गरे । प्रलोपाले क्षेत्र नं ३ मा कुन उम्मेदवारलाई सहयोग गर्ने भन्ने निर्णय गर्दैछ ।
बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको राज्य सञ्चालनको अवस्थाप्रति असन्तुष्टि जनाउँदै राज्य राज्यजस्तो नरहेको टिप्पणी गरेका छन्। प्रेस ...
दाङ । दाङको देउखुरीमा मध्यराति भएको सडक दुर्घटनामा एक युवकको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। ...
बुटवल । नवलपरासीकाे रामग्राममा ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोषकान्त पोखरेलको निधन भएको छ । आज शुक्रबार दिउँसो पश्चिमबाट पूर्वतर्फ जाँदै ...