माओवादी उम्मेदवार कुटपीट गर्ने एकजना पक्राउ

परासी । पश्चिम नवलपरासीमा चुनाव प्रचारप्रसार कार्यक्रममा सहभागी नेपाल कम्युनिस्ट पार्टी (माओवादी) क्षेत्र नम्बर १ का उम्मेदवार राजु हरिजन र उनका कार्यकर्तामाथि कुटपिट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार चुनाव प्रचार प्रसारका क्रममा कुटपिट गरेको आरोपमा बर्दघाट नगरपालिका वडा नम्बर १३ का २१ वर्षीय अजय गौतमलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । सोही घटनामा दुई जना भने फरार रहेको प्रहरीले जनाएको छ ।
बर्दघाट नगरपालिका वडा नम्बर–१२ स्थित जमुनिया क्षेत्रमा घर दैलो गर्दै गरेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का उम्मेदवार हरिजन र उनका कार्यकर्तामाथि कुटपिट भएको थियो । जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी वीरदत्त पन्तका अनुसार तीन जना युवा आएर होहल्ला गर्दै उम्मेदवारमाथि हातपात गरेका थिए ।
बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको राज्य सञ्चालनको अवस्थाप्रति असन्तुष्टि जनाउँदै राज्य राज्यजस्तो नरहेको टिप्पणी गरेका छन्। प्रेस ...
दाङ । दाङको देउखुरीमा मध्यराति भएको सडक दुर्घटनामा एक युवकको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। ...
बुटवल । नवलपरासीकाे रामग्राममा ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोषकान्त पोखरेलको निधन भएको छ । आज शुक्रबार दिउँसो पश्चिमबाट पूर्वतर्फ जाँदै ...