रामग्राममा ट्रककाे ठक्करबाट रूपन्देहीका पत्रकार पाेखरेलकाे निधन

बुटवल । नवलपरासीकाे रामग्राममा ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोषकान्त पोखरेलको निधन भएको छ ।
आज शुक्रबार दिउँसो पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ ख ३४९७ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको पोखरेल सवार लुम्बिनी प्रदेश ०१-००९ प ९६१९ नम्बरको मोटरसाइकललाई रामग्राम-२ सेतो पुलमा ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका पोखरेललाई उपचारका लागि जिल्ला अस्पताल परासी लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । रूपन्देहीकाे तिलोत्तमा नगरपालिका-१३ भलवाडी निवासी पोखरेलले रुपन्देहीबाट अग्निपरीक्षा साप्ताहिक पत्रिका प्रकाशन गर्दै आएका थिए ।
दुर्घटनापछि प्रहरीले ट्रक चालक कञ्चनपुरको लालझाडी गाउँपालिका-६ निवासी २६ वर्षीय बन्धु रानालाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
अहिले घटनाकाे बारेमा थप जानकारी लिन पत्रकार महासंघ रूपन्देहीकाे नेतृत्व जिप्रका परासी पुगेकाे छ ।
दाङ । दाङको देउखुरीमा मध्यराति भएको सडक दुर्घटनामा एक युवकको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। ...
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) की पत्नी सविना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। अचानक देखिएको स्वास्थ्य समस्यापछि ...
गुल्मी । गुल्मीको मालिका गाउँपालिका–२, खोलाखर्कमा देवरको कुटपिटबाट गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । घटनामा ...