प्रधानमन्त्री बालेन शाहकी पत्नी सविनाको शल्यक्रिया सफल, स्वास्थ्य अवस्था सामान्य

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) की पत्नी सविना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। अचानक देखिएको स्वास्थ्य समस्यापछि अस्पताल भर्ना भएकी सविनाको शल्यक्रिया सफल भएसँगै उनको स्वास्थ्य अवस्थाबारे चासो राख्नेहरूका लागि राहतको खबर आएको छ।
बिहीबार बिहान करिब ४ बजे काठमाडौंको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उनको शल्यक्रिया गरिएको हो। वरिष्ठ शल्यचिकित्सक डा. प्रशान्त वीर सिंह कंसकारको नेतृत्वमा रहेको चिकित्सक टोलीले शल्यक्रिया गरेको बताइएको छ।
चिकित्सकका अनुसार शल्यक्रियापछि सविनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
सविनाको उपचारका क्रममा प्रधानमन्त्री बालेन शाह पनि अस्पतालमा उपस्थित थिए। सार्वजनिक जिम्मेवारीमा व्यस्त रहने प्रधानमन्त्रीका लागि यो समय पारिवारिक चासो र साथको क्षण पनि बनेको छ।
दाङ । दाङको देउखुरीमा मध्यराति भएको सडक दुर्घटनामा एक युवकको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। ...
बुटवल । नवलपरासीकाे रामग्राममा ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोषकान्त पोखरेलको निधन भएको छ । आज शुक्रबार दिउँसो पश्चिमबाट पूर्वतर्फ जाँदै ...
गुल्मी । गुल्मीको मालिका गाउँपालिका–२, खोलाखर्कमा देवरको कुटपिटबाट गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । घटनामा ...