देउखुरीमा मध्यराति ट्रक र मोटरसाइकल ठोक्किए, एक युवाको मृत्यु, दुई गम्भीर घाइते

लमही–भालुवाङ सडकखण्डअन्तर्गत राप्ती गाउँपालिका–३ बाघढड्डीमा गएराति करिब १ः३५ बजे ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक राप्ती गाउँपालिका–६ भगवानपुर निवासी अन्दाजी ३०/३१ वर्षीय प्रविन चौधरीको मृत्यु भएको छ। गम्भीर घाइते अवस्थामा उद्धार गरी भालुवाङ अस्पताल पुर्याइएका चौधरीलाई चिकित्सकले उपचारका क्रममा मृत घोषणा गरेका थिए।
दुर्घटनामा मोटरसाइकलमा सवार राप्ती गाउँपालिका–३ मसुरिया निवासी १६ वर्षीय निशु चौधरी र सोही ठाउँकी १९ वर्षीया करिना चौधरी पनि गम्भीर घाइते भएका छन्। उनीहरू दुवैको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ।
प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ ख ९२४८ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको प्रदेश ३–०२–०१० प ६९२२ नम्बरको मोटरसाइकल बाघढड्डीमा एकआपसमा ठोक्किएका थिए।
दुर्घटनापछि प्रहरीले ट्रक, ट्रक चालक र मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।
मध्यरातको यो दुर्घटनाले देउखुरी क्षेत्रमा फेरि एकपटक सडक सुरक्षाको विषयलाई गम्भीर रूपमा उठाएको छ।
बुटवल । नवलपरासीकाे रामग्राममा ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोषकान्त पोखरेलको निधन भएको छ । आज शुक्रबार दिउँसो पश्चिमबाट पूर्वतर्फ जाँदै ...
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) की पत्नी सविना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। अचानक देखिएको स्वास्थ्य समस्यापछि ...
गुल्मी । गुल्मीको मालिका गाउँपालिका–२, खोलाखर्कमा देवरको कुटपिटबाट गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । घटनामा ...