मन्त्री हुन नपाएपछि सांसदबाटै राजिनामा

पोखरा । प्रदेशकाे मन्त्री बन्न नपाएपछि गण्डकीका एक प्रदेशसभा सदस्यले राजिनामा दिएका छन् ।
गण्डकी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदा आफू नपरेपछि सत्तारूढ दलभित्रका उनले राजिनामा दिएका हुन् ।
कांग्रेसबाट बागलुङ क्षेत्र नम्बर २ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य द्रोणकुमार कुँवरले मन्त्री नपाएकोमा असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएपछि कांग्रेस भित्रकाे बिवाद छताछुल्ल भएको छ । उनले बुधबार सभामुख कृष्णप्रसाद धिताललाई इमेलमार्फत राजीनामा पठाएका छन् ।
सभामुख धितालले राजीनामा प्राप्त भएको पुष्टि गर्दै आफू काठमाडौंमा रहेकाले पोखरा फर्किएपछि यसबारे निर्णय लिने बताएका छन् ।
धिताल काठमाडौंमै रहेकाले मन्त्रिपरिषद् विस्तार तथा शपथ कार्यक्रममा सहभागी हुन सकेनन् ।
बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको राज्य सञ्चालनको अवस्थाप्रति असन्तुष्टि जनाउँदै राज्य राज्यजस्तो नरहेको टिप्पणी गरेका छन्। प्रेस ...
दाङ । दाङको देउखुरीमा मध्यराति भएको सडक दुर्घटनामा एक युवकको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। ...
बुटवल । नवलपरासीकाे रामग्राममा ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोषकान्त पोखरेलको निधन भएको छ । आज शुक्रबार दिउँसो पश्चिमबाट पूर्वतर्फ जाँदै ...