नेकपा केन्द्रिय सदस्य ‘नमुना’ कारबाहीमा

बुटवल । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी केन्द्रिय सदस्य एवं बाँकेकी नेतृ कृष्णा के.सी. ‘नमुना’लाई पार्टी सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।
नेतृ के.सी.ले अन्य दलको निर्वाचन चिन्हमा उम्मेदवारी दिएपछि नीजलाई पार्टीको विधानको दफा १०६ वमोजिम कारबाही गर्दै पार्टीबाट निष्काशन गरिएको संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बाँकेको राप्ती सोनारी गाउँपालिका–९ की कृष्णा २०४९ सालदेखि नै माओवादी राजनीतिमा लागेकी हुन् । उनको परिवार ४० को दशकतिर साबिक रुकुम (हाल रुकुम पश्चिम) बाट बसाइसराइ गरी बाँके झरेको थियो । उनि यसअघि लुम्बिनी प्रदेश सरकारमा माओवादीको तर्फबाट मन्त्री समेत बनेकी थिईन ।
अजरन्यूज संवाददाता प्यूठान । प्यूठान गाैमुखीकाे जंगलमा शिकार खेल्ने क्रममा गोली लाग्दा एक किशोरको ज्यान गएको छ । संगै रहेकी ...
पोखरा । प्रदेशकाे मन्त्री बन्न नपाएपछि गण्डकीका एक प्रदेशसभा सदस्यले राजिनामा दिएका छन् । गण्डकी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदा ...
अजरन्यूज संवाददाता बुटवल । बुटवलको याेगिकुटीस्थित एक सुनचाँदी पसलबाट सुनकाे सिक्री चाेरी गरेर फरार दुई महिला कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटामा ...