भैरहवा मालपोतका सुुब्बा दुई लाख घुससहित पक्राउ

भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भैरहवा मालपोत कार्यालयका एक कर्मचारीलाई दुई लाख घुससहित पक्राउ गरेको छ ।
सर्जमिन मुचुल्काका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग लिएको दुई लाख रुपैयाँ घुससहित अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले मालपोत कार्यालय भैरहवाका नायब सुब्बा ओमबहादुर खाम्चा मगरलाई पक्राउ गरेको हाे ।
कर्मचारीलाई नियन्त्रणमा लिएर घटनाको आवश्यक प्रक्रिया पुरा गर्ने क्रममा कर्मचारीको साथमा रहेको झोला चेकजाँचको क्रममा स्रोत नखुलेको थप साढे ३ लाख रुपैयाँ बरामद भएको जनाईएकाे छ ।
अख्तियारले शुक्रबार साँझ सिद्धार्थनगर नगरपालिका-१३ स्थित होटल निर्मलाबाट खाम्चालाई घुससहित रंगेहात पक्राउ गरेको थियो।
नेपालगन्ज । बाँकेको कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको एम्बुलेन्सले आज आईतवार बिहान चार जनालाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। ...
सल्यान । सल्यानमा जन्ती सवार जीप दुर्घटना हुँदा तीन जनाको मृत्युु भएको छ भने १५ जना घाइते भएका छन् । ...
अजरन्यूज संवाददाता प्यूठान । प्यूठान गाैमुखीकाे जंगलमा शिकार खेल्ने क्रममा गोली लाग्दा एक किशोरको ज्यान गएको छ । संगै रहेकी ...