पाकिस्तानबाट आएर बुटवलमा सुन चाेरी, पासपोर्टसहित दुई महिला पक्राउ

बुटवल । कपिलवस्तुको चन्द्रौटामा सुन चोरी गरेको अभियाेगमा दुई पाकिस्तानी महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा २० वर्षीया विवि कलसुम र ४१ वर्षीया सहबाना रहेका छन् ।
ग्राहक बनेर गहना हेर्ने बहानामा उनीहरूले रुपन्देहीको योगिकुटी र कपिलवस्तुकाे तौलिहवा एवम् चन्द्रौटामा एकै दिन चोरी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । उनीहरूसँगबाट पासपोर्ट समेत बरामद भएको छ ।
केही दिन अघि रूपन्देहीकाे तिलोत्तमा योगिकुटी चाेक (बस स्टप अगाडि) मा रहेको भैरव सुनचाँदी पसलबाट डेढ तोलाको सुनको सिक्री चोरी भएको थियाे । ग्राहक बनेर आएका महिलाले सुनकाे सिक्री चाेरेकाे सिसटिभि फुटेज सार्वजनिक भएपछि उनीहरूकाे खाेजतलासमा प्रहरी खटिएको थियाे ।
बुटवलमा चाेरी गरेर फरार रहेका उनीहरूले कपिलवस्तुकाे चन्द्राैटामा पनि चाेरी गर्न थालेकाे अवस्थामा पक्राउ परेकाे जनाईएकाे छ ।
प्रहरीले दुबै महिलालाई पक्राउ गरि थप अनुसन्धान जारी रहेको जनाएको छ ।
बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको राज्य सञ्चालनको अवस्थाप्रति असन्तुष्टि जनाउँदै राज्य राज्यजस्तो नरहेको टिप्पणी गरेका छन्। प्रेस ...
दाङ । दाङको देउखुरीमा मध्यराति भएको सडक दुर्घटनामा एक युवकको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। ...
बुटवल । नवलपरासीकाे रामग्राममा ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोषकान्त पोखरेलको निधन भएको छ । आज शुक्रबार दिउँसो पश्चिमबाट पूर्वतर्फ जाँदै ...