सुनवलमा देखियाे बर्डफ्लु , २ सय कुखुरा नष्ट

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा बर्ड फ्लु देखिएको छ।
सुनवल नगरपालिका वडा नम्बर १३ सूर्यबस्तीमा स्थानीय इन्द्रकुमार केसीको केसी एकीकृत कृषि फर्ममा पालिएको कुखुरामा बर्ड फ्लु पुष्टि भएको हो।
गत चैत्र २२ गते कुखुरा मरेपछि पशुरोग अन्वेषण प्रयोगशालामा गरिएको र्यापिड टेस्टमा बर्ड फ्लु देखिएको थियो।
थप परीक्षणका लागि केन्द्रीय पशुपंक्षी रोग प्रयोगशाला काठमाडौँमा पठाइएकोमा चैत्र २६ गते बर्ड फ्लु पुष्टि भएको हाे ।
त्यसपछि प्रक्रियागत ढिलाईका कारण आज मंगलबार मात्रै कुखुरा नष्ट गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र परासीका पशु चिकित्सक प्रतिमा बिष्टले जानकारी दिए।
उक्त फर्मलाई केन्द्रबिन्दु मानेर आज सूर्यवस्ती क्षेत्रका दुई मिटर क्षेत्रभित्रका २ सय १० वटा कुखुरा नष्ट गरिएको बिष्टले बताए।
दुई सय कुखुरा मरेपछि कृषि फर्म धनी केसीले शङ्का लागेर कुखुराको नमुना परीक्षण गराएका थिए । बर्ड फ्लु फैलिएको थाहा पाएपछि सो क्षेत्रका कतिपय स्थानीयले कुखुरा बिरामी नपर्दै धमाधम बिक्री तथा मासु खाएको बताएका छन् ।
तर सङ्क्रमित क्षेत्रमा त्यस्तो कार्य गर्नु स्वास्थ्यका दृष्टिले गम्भीर जोखिम भएकाले सावधानी अपनाउन पशु चिकित्सकहरूले आग्रह गरेका छन् ।
बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको राज्य सञ्चालनको अवस्थाप्रति असन्तुष्टि जनाउँदै राज्य राज्यजस्तो नरहेको टिप्पणी गरेका छन्। प्रेस ...
दाङ । दाङको देउखुरीमा मध्यराति भएको सडक दुर्घटनामा एक युवकको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। ...
बुटवल । नवलपरासीकाे रामग्राममा ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोषकान्त पोखरेलको निधन भएको छ । आज शुक्रबार दिउँसो पश्चिमबाट पूर्वतर्फ जाँदै ...