पाेखरामा सिर्जनाकाे हत्या गरेकाे अभियुक्त बुटवलबाट पक्राउ

पाेखरा ( कास्की ) । पोखरा महानगरपालिका–८ सभागृह चोक नजिकै धारिलो हतियार प्रहार गरी ४२ वर्षीया सिर्जना पौडेल केसीको हत्या अभियाेगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
हत्या गरेर फरार भएकामध्ये मुख्य व्यक्तिलाई बुटवलबाट पक्राउ गरिएकाे प्रहरीले जनाएको छ।
कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार पृथ्वीचोकमा पसल सञ्चालन गर्दै आएकी केसीको गत बुधबार बेलुकी खुँडा प्रहार गरी हत्या गरिएको थियो।
प्रहरीले हत्यामा संलग्न भएको अभियाेगमा पर्वतको कुश्मा नगरपालिका–११ शिल्मी घर भइ पोखरा–६ मा डेरा गरी बस्ने सन्तोष भन्ने वर्ष २७ का शिशिर केसी र पोखरा–१७, रातोपाहिरा बस्ने वर्ष ३२ का कुशल परियारलाई पक्राउ गरेकाे हाे ।
प्रहरीले केसीलाई रुपन्देहीको बुटवल उपमहानगरपालिका–२ मनकामना टोलबाट पक्राउ गरिएकाे जनाएको छ । केसी यसअघि पनि विभिन्न आपराधिक गतिविधिमा संलग्न भएका थिए।
गत बुधबार साँझ पोखरा–बागलुङ सडक अन्तर्गत शिवालय चोक नजिकै सिर्जनालाई अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका थिए। मृतक सिर्जना पोखरा महानगरपालिका–५ जिरो किलोमिटर घर भइ हाल पोखरा–१८, सेदी बस्दै आएकी थिइन्।
एसपी कार्कीका अनुसार प्रहरीले हत्याका बखत प्रयोग गरिएको ग २५ प ३०४४ नम्बरको स्कुटर पनि फेला पारेको छ। त्यस्तै हत्यामा प्रयोग गरिएको खुँडालाई पोखरा १६ बिरौटास्थित तितेपानी जंगलबाट फेला पारेको छ।
स्कुटर चालक परियारलाइ काममा सघाएबापत पैसा दिने भन्दै केसीले लिएर आएकाे प्रहरीको भनाइ छ ।
बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको राज्य सञ्चालनको अवस्थाप्रति असन्तुष्टि जनाउँदै राज्य राज्यजस्तो नरहेको टिप्पणी गरेका छन्। प्रेस ...
दाङ । दाङको देउखुरीमा मध्यराति भएको सडक दुर्घटनामा एक युवकको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। ...
बुटवल । नवलपरासीकाे रामग्राममा ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोषकान्त पोखरेलको निधन भएको छ । आज शुक्रबार दिउँसो पश्चिमबाट पूर्वतर्फ जाँदै ...