पाल्पाका दुई युवा कालिगण्डकीमा बेपत्ता, दुई मध्ये एक मृत भेटिए

पाल्पा । पाल्पाकाे बगनासकाली-७ दैलातुङ्स्थित कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवकमध्ये एक जना मृत फेला परेका छन् । मृत फेला पर्ने युवकमा पाल्पाको बगनासकाली-९ चापपानीका २९ वर्षीय ताेयानाथ बस्याल रहेकाे प्रहरीले जनाएको छ ।
नयाँ वर्षकाे पहिलो दिन कालीगण्डकी नदीमा पाैडी खेल्ने क्रममा बस्यालसँगै बगनासकाली-९ कै ३९ वर्षीय शरण भुसाल पनि बेपत्ता भएका थिए ।
बस्यालकाे शब आज बिहान दैलातुङ् नजिकै कालीगण्डकी बीचमा फेला परेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ । अर्का युवाको खाेजी जारी रहेकाे प्रहरीको भनाइ छ ।
अजरन्यूज संवाददाता प्यूठान । प्यूठान गाैमुखीकाे जंगलमा शिकार खेल्ने क्रममा गोली लाग्दा एक किशोरको ज्यान गएको छ । संगै रहेकी ...
पोखरा । प्रदेशकाे मन्त्री बन्न नपाएपछि गण्डकीका एक प्रदेशसभा सदस्यले राजिनामा दिएका छन् । गण्डकी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदा ...
अजरन्यूज संवाददाता बुटवल । बुटवलको याेगिकुटीस्थित एक सुनचाँदी पसलबाट सुनकाे सिक्री चाेरी गरेर फरार दुई महिला कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटामा ...