बुटवलमा गर्भपतन गराउँदा चरम लापरबाही : महिलाको मृत्यु, तीन क्लिनिकबाट तीनजना पक्राउ

बुटवल । असुरक्षित गर्भपतन गराउँदा शरीर नै अङ्गभङ्ग हुने घटना बढ्दै गएका छन् । तर सुरक्षित गर्भपतन हाेला भन्ने विश्वासमा स्वास्थ्य संस्थामा विशेषज्ञ खाेज्दै जाँदा समेत सुरक्षित नभएको एक घटना बाहिरिएकाे छ ।
केही दिनअघि पाल्पा बगनासकाली गाउँपालिका वडा नम्बर – २ बाट सुरक्षित गर्भपतनका लागि बुटवल आएकी गिता पाण्डेले मेडिकल (क्लिनिक)को लापरबाहीका कारणले ज्यानै गुमाउनु परेको छ ।
घटनापछि गिताका श्रीमानले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका छन् । प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार महिलाको मृत्यु भएपछि मृतकका श्रीमानले प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका हुन् ।
जाहेरी दर्तापछि प्रहरीले तत्काल उनकाे उपचारमा संलग्न तीनवटा क्लिनिकबाट एक / एक जनालाई पक्राउ गरेर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
घटना विवरण अनुसार पाल्पादेखि बुटवलमा करिब १२ हप्ताको बच्चा पेटमा अस्वस्थ भएको भन्दै गिता गर्भपतनको लागि बैशाख ५ गते श्रीमानसहित बुटवल आएकी थिईन । तर उनले बुटवलका ३ वटा क्लिनिकमा उपचार गर्दा गर्दै ज्यानै गुमाउनु पर्याे ।
बुटवल आएर उनी सबैभन्दा पहिले उपचारको लागि ईट्टाभट्टीमा रहेकाे खत्री नर्सिङ्गहोम (मेडिकल हल)मा पुगिन । चेकजाँचपछि गर्भपतनका लागि स्वास्थ्यकर्मीले औषधी चलाए । तर त्यहाँ गर्भपतन नहुने सभावना देखेपछि उनलाई बुटवल हस्पिटल लाइनमा रहेको जोनल फार्मेसी (क्लिनिक) मा लगियाे ।
गर्भपतन गराउँने भन्दै फेरि जाेनल फार्मेसीबाट नजिकैको ईन्दुलेखा क्लिनिकमा लगियाे । त्यहाँ पनि उनको औषधी चलाएर गर्भपतन गराउने प्रयास सफल भएन । उल्टै उनको स्वास्थ्य अवस्थामा गम्भीर समस्या आएपछि अन्तिममा लुम्बिनी सिटी अस्पतालमा लगिएकोमा लैजाँदा बित्तिकै मृत्यु भएको स्वास्थ्यकर्मीकाे भनाइ छ ।
अनुभवी चिकित्सकको परामर्शमा उपचार नगरिदा पाल्पाकी गिताले ज्यान गुमाउनु परेकाे पीडादायी घटनाबाट सबैले पाठ सिक्न जरुरी रहेकाे एक स्वास्थ्यकर्मीले उल्लेख गरे ।
दाङ । दाङको देउखुरीमा मध्यराति भएको सडक दुर्घटनामा एक युवकको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। ...
बुटवल । नवलपरासीकाे रामग्राममा ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोषकान्त पोखरेलको निधन भएको छ । आज शुक्रबार दिउँसो पश्चिमबाट पूर्वतर्फ जाँदै ...
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) की पत्नी सविना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। अचानक देखिएको स्वास्थ्य समस्यापछि ...