याेगा गर्न जाँदै थिए, कहिल्यै नफर्कने गरी अस्ताए बाजेनाती

नेपालगन्ज । बाँकेको कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको एम्बुलेन्सले आज आईतवार बिहान चार जनालाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
गुलरिया-७ स्थित वन डिभिजन कार्यालय नजिक एम्बुलेन्सले चार जनालाई ठक्कर दिदा ५२ वर्षीय हजुरबुबा भुमि लामिछाने र ५ वर्षीय नाति रिहान्स खरेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार मृतक भुमिकाे पत्नि सीता लामिछाने र अर्का घाइते सुर्य उपाध्यायको नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ। चार जना योगा गर्न आयुर्बेद अस्पताल जाने क्रममा सडक पार गर्दा तीव्र गतिमा आएको एम्बुलेन्सले ठक्कर दिएको हो।
एम्बुलेन्सको ठक्करबाट मृत्यु भएका लामिछाने योग गुरु हुन्। एकै परिवारको दुई जनाको मृत्यु र दुई जना घाइतेको खबरले गुलरियाका स्थानीय शोकमा छन्।
सल्यान । सल्यानमा जन्ती सवार जीप दुर्घटना हुँदा तीन जनाको मृत्युु भएको छ भने १५ जना घाइते भएका छन् । ...
भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भैरहवा मालपोत कार्यालयका एक कर्मचारीलाई दुई लाख घुससहित पक्राउ गरेको छ । सर्जमिन मुचुल्काका ...
अजरन्यूज संवाददाता प्यूठान । प्यूठान गाैमुखीकाे जंगलमा शिकार खेल्ने क्रममा गोली लाग्दा एक किशोरको ज्यान गएको छ । संगै रहेकी ...