आँखामा तीन ईन्चकाे काँटी गडेकाे भयानक चित्र !

यानेन्द्र जी सी
बुटवल । मन अत्तालिने एउटा भयानक चित्र , जहाँ ३ वर्षको बालककाे आँखामा तीन ईन्चकाे काटी गडेकाे छ ( हेर्नुस् तस्बिर ) । र पनि , बालक आँखा हेरिरहेका छन् ।
ती बालकलाई उपचारका लागि प्यूठानकाे झिमरूक – ४ हुँरानाबाट आत्तिदै काठमाडौंकाे महाराजगन्जस्थित शिक्षण अस्पताल पुर्याउदा उल्टै चिकित्सक अत्तालिए । उनकाे अप्रेशनबारे विभिन्न विधाका चिकित्सक जम्मा भएर संभावित क्षति कम गर्ने उपाय खाेज्न सरसल्लाहमा जुटे ।
उनकाे अप्रेशन समान्य नभएको कुरा बालकका परिवार र अस्पतालमा जुटेका अन्यलाई चिकित्सकले बताए । उनकाे दृष्टि गुम्नेदेखि मष्तिस्कमा असर पर्न सक्ने सम्मकाे जाखिम रहेकाे स्वास्थ्यकर्मीकाे भनाइ थियोे । तर उनकाे अप्रेशन गर्नैपर्ने थियाे ।
प्यूठान मरन्ठाना स्थायी घर भई काठमाडौंमा राजनीतिक र सामाजिक काममा सक्रिय खगेश्वर के. सी, झिमरूकका रेशम थापा `बिश्वबन्धु´ लगायतले उपचार प्रक्रियामा रातभर सहजीकरण गरे । तर आईसियू लगायतको अभावले रातभर पीडितलाई झन तनाव थपियाे ।
सहयोगमा सकृय खगेश्वर केसीका अनुसार विभिन्न सांसद, नेता र मन्त्रीका स्वकीयहरूकाे समन्वय र आफूहरूकाे पहलमा अप्रेशनका लागि आवश्यक तयारी गरियाे । र, अन्तत: चिकित्सकले बाबुकाे अप्रेशन सफलतापूुर्वक सम्पन्न गरे ।
तर चिकित्सक नै अचम्म पर्नेगरी सहज तरिकाले सम्पन्न भएकाे अप्रेशनपछि बच्चालाई आईसियूमा राख्नका लागि तयारी हालत राखिएपनि त्यहाँ लैजानु परेन ।
यसरी झिमरुक गाँउपालिका – ४ हुँराना निवासी देवेन्द्र जिसीका छोरा ३ वर्षको जिव्सन जिसीकाे आफ्नै घरमा खेलिरहेको अवस्थामा भुँइबाट उछिट्टिएर आँखा भित्र गडेको ३ ईन्चकाे काँटी मंगलबार बिहानीपख शिक्षण अस्पताल महाराजगन्जमा सफल अप्रेशन गरेर निकालिएको छ । उनकाे सामान्य बेडमा राखेर थप उपचार भइरहेको छ ।
उपचार प्रकृयामा सहभागी सम्पूर्ण स्वास्थ्यकर्मीकाे टिमप्रति सहजीकरण गर्ने खगेश्वर केसीलगायतले हार्दिक आभार एवम् धन्यवाद व्यक्त गर्दै वावुकाे शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन्
।
बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको राज्य सञ्चालनको अवस्थाप्रति असन्तुष्टि जनाउँदै राज्य राज्यजस्तो नरहेको टिप्पणी गरेका छन्। प्रेस ...
दाङ । दाङको देउखुरीमा मध्यराति भएको सडक दुर्घटनामा एक युवकको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। ...
बुटवल । नवलपरासीकाे रामग्राममा ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोषकान्त पोखरेलको निधन भएको छ । आज शुक्रबार दिउँसो पश्चिमबाट पूर्वतर्फ जाँदै ...