यी हुन सल्यान जन्ती जीप दुर्घटनाका मृतक र घाइते

सल्यान । सल्यानमा जन्ती सवार जीप दुर्घटना हुँदा तीन जनाको मृत्युु भएको छ भने १५ जना घाइते भएका छन् । शनिबार बेलुका भएको जन्ती सवार जीप दुर्घटनाका मृतक र घाईतेहरुको पहिचान समेत खुलेको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार दुर्घटनामा परेर मृत्यु हुनेमा सल्यानको बनगाड कुपिण्डे नगरपालिका ८ निवासी ५० वर्षीय टोपबहादुर थापा, सोहि वडा निवासी ५० वर्षकै ठगे घर्तो र २९ वर्षीय कर्णबहादुर पुन रहेका छन् ।
प्रहरी निरीक्षक भट्टराईका अनुसार वनगाड कुपिण्डे नगरपालिका १२ पुथालास्थित भित्रि सडक खण्डमा वडा नम्वर ८ थाराबाट कालिमाटी लक्ष्मिपुरतर्फ जन्ति लिएर जाँदै गरेको जिप अनियन्त्रित भएर दुर्घटना भएको हो ।
बनगाड कुपिण्डे नगरपालिका ८ निवासी ३८ वर्षीय कुल बहादुर रानाले चलाएको लु.प्र. ०१००१ ज ०२७१ नम्वरकाे जिप सडकबाट करिब ५० मिटर तल खसेको छ । जिपमा १८ जना सवार रहेकोमा अन्य १५ जना घाईते भएका छन् ।
घाईते हुनेहरुमा वनगाड कुपिन्डे नगरपालिका ८ का ३० वर्षीय मन बहादुर थापा, सोहि ठाउँका ६४ वर्षीय अम्मर सिहं कँवर, २७ वर्षका ठम्मर घर्ती, ३० वर्षका जनक थापा, ४९ वर्षका भुपेन्द्र कँवर, ३० वर्षका भुल बहादुर थापा र ५६ वर्षका जुग सिहं पुन रहेका छन् ।
त्यसैगरी सोहि वडाका ३८ वर्षीय अम्मर पुन, २८ वर्षीय नरसिङ थापा, २५ वर्षीय प्रेमबहादुर घर्ती, २५ वर्षीय नर बहादुर थापा, ३८ वर्षीय कर्ण बहादुर थापा, ४५ वर्षका लाल बहादुर घर्ती, १५ वर्षीय तिलक थापा र ३८ वर्षीय जिप चालक कुलबहादुर राना पनि घाईते भएका छन् । घाईते मध्ये केहिको अवस्था गम्भिर रहेको बताईएको छ ।
घाईतेहरुलाई उद्धार गरेर उपचारको लागि जिल्ला अस्पताल सल्यान, मेहेलकुना अस्पताल र नेपालगञ्जतर्फ पठाईएको छ ।
नेपालगन्ज । बाँकेको कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको एम्बुलेन्सले आज आईतवार बिहान चार जनालाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। ...
भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भैरहवा मालपोत कार्यालयका एक कर्मचारीलाई दुई लाख घुससहित पक्राउ गरेको छ । सर्जमिन मुचुल्काका ...
अजरन्यूज संवाददाता प्यूठान । प्यूठान गाैमुखीकाे जंगलमा शिकार खेल्ने क्रममा गोली लाग्दा एक किशोरको ज्यान गएको छ । संगै रहेकी ...