बाँकेमा १८ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, चार जना पक्राउ

बाँके । किशोरीमाथि बलात्कार जस्ता जघन्य अपराधका घटनामा कमी नआउँदा सभ्य समाज नै लज्जित हुनुपरेकाे छ । यस्तै दर्दनाक घटना बाँकेको राप्तीसोनारी गाउँपालिका–९, ढकेरीमा घटेकाे छ ।
यहाँकी एक १८ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको घटना झण्डै दुई महिनापछि बाहिरिएको छ। माघ २१ गते साथीको जन्त गएकी ति किशोरीलाई सामूहिक बलात्कार गर्ने चारजना युवक पक्राउ परेपछि घटना बाहिर आएको हो।
घटना माघ २१ गते भएको भए पनि पीडितको मानसिक अवस्था गम्भीर रूपमा प्रभावित भएका कारण उजुरी दिन ढिलाइ भएको खुलेको छ। बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीका अनुसार पीडित किशोरीले हालै मात्र स्वास्थ्यमा सुधार आएपछि प्रहरीसमक्ष उजुरी दिएकी थिइन्। उजुरी प्राप्त भएपछि प्रहरीले घटनाको अनुसन्धानलाई तीव्रता दिएको र संलग्न भनिएका व्यक्तिहरूलाई मंगलबार पक्राउ गरिएको उनले जानकारी दिए।
किशोरी आफ्ना साथीसँग विवाह समारोहमा जन्ती गएका बेला ति युवकहरूले उनलाई लठ्ठ हुने खालको नशालु पदार्थ खुवाएर बेहोस बनाएको र त्यसपछि सामूहिक रूपमा बलात्कार गरेको आरोप छ। कोहलपुर नगरपालिका–५, रझेना बस्ने २१ वर्षीय आशिष थारू, कोहलपुर नगरपालिका–६ बस्ने २७ वर्षीय सन्दिप थारू, २१ वर्षीय निरज थारू तथा एक १६ वर्षीय किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
बाँके प्रहरीका अनुसार पीडितको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका चारै जनामाथि जबरजस्ती करणीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपालगन्ज । बाँकेको कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको एम्बुलेन्सले आज आईतवार बिहान चार जनालाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। ...
सल्यान । सल्यानमा जन्ती सवार जीप दुर्घटना हुँदा तीन जनाको मृत्युु भएको छ भने १५ जना घाइते भएका छन् । ...
भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भैरहवा मालपोत कार्यालयका एक कर्मचारीलाई दुई लाख घुससहित पक्राउ गरेको छ । सर्जमिन मुचुल्काका ...