प्यूठानमा इभि दुर्घटना : ३ जना घाइते, बुटवल पठाइयाे

प्युठान । दाङको भालुबाङदेखि प्युठानको बाग्दुलातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१.००१ ज ०७६२ नम्बरको इभि गाडी आज राति दुर्घटना हुँदा ३ जना घाइते भएका छन्।
सरुमारानी गाउँपालिका–४ बड्डाडा (दर्भान साइड) मा भएको दुर्घटनामा नौबहिनी–१ स्याउलिबाङका ७६ वर्षीय दलबहादुर पुन, करिब ८० वर्षीया हस्ती बुढा र दाङ घोराही उपमहानगरपालिका–रामपुरका खेमराज खनाल घाइते भएका हुन्।
घाइते सबैलाई उपचारका लागि बुटवल पठाइएको छ। इभिमा चालकसहित ६ जना सवार रहेको प्रहरीले जनाएको छ।
प्रहरी र स्थानीयले घाइतेको उद्धार गरेका हुन्।
नेपालगन्ज । बाँकेको कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको एम्बुलेन्सले आज आईतवार बिहान चार जनालाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। ...
सल्यान । सल्यानमा जन्ती सवार जीप दुर्घटना हुँदा तीन जनाको मृत्युु भएको छ भने १५ जना घाइते भएका छन् । ...
भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भैरहवा मालपोत कार्यालयका एक कर्मचारीलाई दुई लाख घुससहित पक्राउ गरेको छ । सर्जमिन मुचुल्काका ...