राेल्पामा नाबालिका बलात्कार आराेपमा शिक्षक पक्राउ

राेल्पा । रोल्पा जिल्लाको लुङ्ग्री गाउँपालिका वडा नं. ७ हार्जङमा एक शिक्षकमाथि आफ्नै विध्यार्थी बलात्कार गरेकाे गम्भीर आराेप लागेकाे छ ।
नेपाल राष्ट्रिय माध्यमिक विद्यालय हार्जङमा अध्यापनरत शिक्षक ठगेन्द्र खड्कामाथि यस्तो आराेप लागेकाे हाे ।
नाबालिकामाथि जवरजस्ती करणी गरेको आराेप लागेका शिक्षक बिरुद्ध पीडितकाे पक्षबाट प्रहरीमा जाहेरी परेकाे छ ।
विद्यालयमा अध्ययनरत १२ वर्षीया नाबालिका छात्रामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ती शिक्षकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
बालिकालाई जवरजस्ती करणी गर्ने शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएर म्याद थप गरी घट्नाको थप अनुसन्धान गरिराखिएको प्रहरीको भनाई छ । घटना चैत्र १७ गतेकाे हाे । ती शिक्षकले पीडित नाबालिकालाई बिभिन्न प्रलोभनमा पारेर रातको समयमा एकान्तमा बोलाएर बलात्कार गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
घटनापछि स्थानीयवासी, अभिभावक तथा सरोकारवाला निकायहरूले घटनाको निष्पक्ष छानबिन गरि दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन् ।
समाजमा यस्ता अपराधले गम्भीर चिन्ता उत्पन्न गराएको भन्दै स्थानीय समुदायले भविष्यमा थप घटना दोहोरिन नदिन कडा कानुनी व्यवस्था लागू गर्नुपर्ने, महिला तथा बालबालिकाको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने माग समेत राखेका छन् ।
नेपालगन्ज । बाँकेको कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको एम्बुलेन्सले आज आईतवार बिहान चार जनालाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। ...
सल्यान । सल्यानमा जन्ती सवार जीप दुर्घटना हुँदा तीन जनाको मृत्युु भएको छ भने १५ जना घाइते भएका छन् । ...
भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भैरहवा मालपोत कार्यालयका एक कर्मचारीलाई दुई लाख घुससहित पक्राउ गरेको छ । सर्जमिन मुचुल्काका ...