देवघाटमा बेपत्ता बुटवलका आशिष १० दिनपछि मृत भेटिए

अजरन्यूज संवाददाता
बुटवल ।अष्ट्रेलियावाट मास्टर्स गरेर केही दिन अगाडी मात्र नेपाल आएका बुटवल मिलनचोक स्थायी घर भएका ३० वर्षीय आशिष कंडेल १० दिनपछि मृत अवस्थामा भेटिएका छन् । उनी चितवनको देवघाटमा नुहाउने क्रममा नारायणी नदीमा भुँवरीमा परी बेपत्ता भएका थिए ।
केही वर्ष अघि अध्ययनका लागि विदेश गएका र मास्टर्स गरेसँगै आशिष डेढ महिना अघि मात्र नेपाल फर्किएका थिए । आफ्नो धर्म संस्कृति अनुसार आशिष चैत्र ४ गते चितवन पुगेर अर्को दिन ५ गते बिहान पवित्र धार्मिक स्थल देवघाटमा नुहाउन गएका थिए ।
केही वर्षदेखि काठमाडौँ कलंकीमा आमा सीता अर्याल बस्ने गरेकाे र उनी विदेशबाट आएपछि आमासंगै बस्थे । उनले आफन्तसंग चैत्र ५ गते बिहान देवघाटमा नुहाएर बुटवल तीन दिन बस्ने याेजना बनाएकाे आफन्तसंग बताएका थिए ।
तर विडम्बना , उनी त्यहीँ दिन देवघाटमा नुहाउने क्रममा नारायणी नदीकाे भुँवरीमा परे । नदीमा दुर्घटनामा परेकाे धेरै दिन हुँदासम्म पनि आशिषको शरीर नभेटिएपछि आमा र उनको परिवार बिछिप्त अवस्थामा थिए । नुहाउन जाँदा नदीको किनारमा खोलेर राखेका कपडा र मोवाइल प्रहरीले भेटाएकाे थियो ।
नदीको किनारमा एक घण्टा ध्यान बसेर नदीमा पसेका आशिष भुँवरीमा पर्नासाथ हात माथि उठाएर गुहार त मागेका थिए तर नुहाउन पुगेका अन्य भक्तजन मात्र होइन, बोटेहरु पनि भुँवरी परेको ठाउँमा जान हिच्किचाएकाे पीडित आफन्तले बताएका थिए । आशिष डुवेको देख्नेहरुले तत्काल प्रहरीलाई खबर गरे पनि उद्दार संभव भएन ।
पहिलो दिनदेखि उद्दार र खोजी कार्यमा दख्खल राख्ने सशस्त्र प्रहरीको टोली र आफन्तहरु निरन्तर खोजी कार्यमा लागेपनि आशिषको शरीर भेटिएको थिएन ।
आशिषको दिदी आरती धेरै जसो प्रशिद्ध धार्मिक अनुष्ठान क्षेत्र भारतमा बस्ने गरेकी छन् भने बुवा रामकृष्ण कण्डेलको २५ वर्ष अगाडि नै बुटवल खानेपानी अफिसवाट ६ दिने ट्रेनिङका लागि काठमाडौँ जाने क्रममा नौविसे नजिक बस दुर्घटनामा परी दुखद निधन भएको थियो
नेपालगन्ज । बाँकेको कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको एम्बुलेन्सले आज आईतवार बिहान चार जनालाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। ...
सल्यान । सल्यानमा जन्ती सवार जीप दुर्घटना हुँदा तीन जनाको मृत्युु भएको छ भने १५ जना घाइते भएका छन् । ...
भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भैरहवा मालपोत कार्यालयका एक कर्मचारीलाई दुई लाख घुससहित पक्राउ गरेको छ । सर्जमिन मुचुल्काका ...