एमाले लुम्बिनी प्रदेश सांसद शर्मा यसकारण परिन पक्राउ

अजरन्यूज संवाददाता
बुटवल । एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोपमा एमाले लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ परेकी छिन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आइतबार राती धुम्बराहीस्थित निवासबाटै पक्राउ गरेको हो।
सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले उनको पक्राउको पुष्टि गरेका छन्। शर्मामाथि एक बालिकालाई लामो समयसम्म बन्धक बनाई श्रम शोषण गरेको आरोप छ।
यसअघि लुम्बिनी प्रदेशसभा सदस्य शर्माले आफ्नो घरमा काम गर्न राखेकी नाबालिकालाई निरन्तर हिंसा गरेपछि काठमाडौं महानगरपालिकाले उद्धार गरेको थियो ।
तर केपी ओली सरकारले उनलाई मुद्धा नचलाई सामसुम पारेपछि तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर एवं हालका प्रधानमन्त्री बालेन शाहले कुनै दिन समय आउने बताएका थिए ।
तत्कालिन मेयर शाहले लेखेका थिए, ‘सरी नानु, तिम्रा पीडककाविरूद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनु । समय आउनेछ । यस्तै विभेद, अपराध मास्न अनि ती कुकर्म गर्नेहरूलाई तह लगाउन तिमी र तिमीजस्तै धेरै नानीबाबुले पढ्नपर्छ । समाज बुझ्नपर्छ ।’ उनै सांसद शर्मालाई आइतबार मध्यराति प्रहरी टोलीले काठमाडौंबाट पक्राउ गरेको हाे ।
अजरन्यूज संवाददाता प्यूठान । प्यूठान गाैमुखीकाे जंगलमा शिकार खेल्ने क्रममा गोली लाग्दा एक किशोरको ज्यान गएको छ । संगै रहेकी ...
पोखरा । प्रदेशकाे मन्त्री बन्न नपाएपछि गण्डकीका एक प्रदेशसभा सदस्यले राजिनामा दिएका छन् । गण्डकी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदा ...
अजरन्यूज संवाददाता बुटवल । बुटवलको याेगिकुटीस्थित एक सुनचाँदी पसलबाट सुनकाे सिक्री चाेरी गरेर फरार दुई महिला कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटामा ...