कपिलवस्तु शुद्वाेधन गाउँपालिका अध्यक्षमाथि सामूहिक बलात्कारको मुद्दा दर्ता

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिकका अध्यक्ष कमलेश शरण चौधरीमाथि सामूहिक बलात्कारको मुद्दा दर्ता भएको छ ।
लामो समयदेखि राजनीतिक पहुँच र दबाबका कारण विवादमा तानिँदै आएका चौधरीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले आज आईतबार मुद्दा दर्ता गरेको हो । नाम परिर्वतित भैरहवा १५ लाई अध्यक्ष चौधरीले सामुहिक बलात्कार गरेको मुद्दा दर्ता भएको हो ।
मुदा दर्तासगैं गाउँपालिका अध्यक्ष चौधरीको पद धरापमा परेको छ । सरकारी वकिल कार्यालयले राजेश्वर चौधरी , कमलेशरण चौधरी र सन्त कुमार चौधरीलाई सामूहिक बलात्कार मुद्दा दर्ता गरेको छ । यसै मुद्दामा संलग्न रहेको आरोपमा सन्त कुमार चौधरी भने हाल पूर्वपक्ष (थुनछेक) का लागि रूपन्देही कारागारमा छन् ।
पीडित पक्षका अनुसार, भैरहवा–१५ युवतीले २०८१ असोज ६ गते सामूहिक बलात्कार घटनामा चौधरीहरूको संलग्नता रहेको भन्दै किटानी जाहेरी दिएकी थिइन् ।
यसै घटनामा यसअघि पत्रकार सम्मेलन गरि पीडितको गोपनीयता भंग गरेको आरोपमा कमलेशरण चौधरी साइबर क्राइम मुद्दामा पक्राउ समेत परेका थिए । तर तत्कालीन सरकारी वलिक कार्यालयले महान्यायधिवक्ताको दबावमा मुद्द नचलाउने निर्णय गरि उन्मुक्ति दिएका थिए ।
पुरक जाहेरीमा इलाका प्रहरी कार्यालय बुटवलले मुद्दा दर्ता नगरे पनि पीडित युवतीले जिल्ला अदालतमा रिट दायर गरेपछि अदालतले इप्रका बुटवललाई मुद्दा अघि बढाउन निर्देशन दिएको थियो ।

अजरन्यूज संवाददाता प्यूठान । प्यूठान गाैमुखीकाे जंगलमा शिकार खेल्ने क्रममा गोली लाग्दा एक किशोरको ज्यान गएको छ । संगै रहेकी ...
पोखरा । प्रदेशकाे मन्त्री बन्न नपाएपछि गण्डकीका एक प्रदेशसभा सदस्यले राजिनामा दिएका छन् । गण्डकी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदा ...
अजरन्यूज संवाददाता बुटवल । बुटवलको याेगिकुटीस्थित एक सुनचाँदी पसलबाट सुनकाे सिक्री चाेरी गरेर फरार दुई महिला कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटामा ...