४९ जना कुन कुन सांसदले लिदैछन मातृभाषामा सपथ ?

काठमाडौं । नवनिर्वाचित ४९ जना प्रतिनिधिसभा सदस्यले नेपालीबाहेक आफ्नै मातृभाषामा पद तथा गोपनीयताको शपथ लिने भएका छन्।
संघीय संसद् सचिवालयका अनुसार नेपालीपछि अधिकांश सांसदले मैथिली र नेपाल भाषामा शपथ लिनेछन्। केही सांसदले लोपोन्मुख भाषाहरू पनि रोजेका छन्।
सांसद खुश्बु ओलीले संस्कृत भाषामा शपथ लिने तयारी गरेकी छन्। त्यस्तै, बझाङ्गी, डोटेली, चाम्लिङ, बान्तवा, छन्त्याल र मगर खाम भाषाजस्ता रैथाने भाषाहरू पनि यसपटक संसदमा गुञ्जिनेछन्।
केही सांसदले थारु भाषाभित्रको पनि राना थारु र कठरीया थारु भाषामा शपथ लिने भन्दै नाम टिपाएका छन्।
कसले कुन भाषा रोजे ?
मैथिली : रामजी यादव, शम्भु कुमार यादव, सिताराम साह, अंकिता ठाकुर, आशा झा, उज्जल कुमार झा, कामिनी कुमारी, तपेश्वर यादव, दिपक कुमार साह, निशा मेहता लगायत।
नेपाल भाषा : विराजभक्त श्रेष्ठ, रुकेश रन्जित, शाहजान खातुन, अनुष्का श्रेष्ठ, कुलभक्त शाक्य, कुशुम महर्जन, गंगालक्ष्मी अवाल, मदनकृष्ण श्रेष्ठ लगायत।
भोजपुरी र बज्जिका : रविन्द्र पटेल, कन्हैया बनिया, बुद्धि प्रसाद पन्त (भोजपुरी) तथा राजेश कुमार चौधरी, नितिमा भण्डारी (बज्जिका)।
थारु : सुरेन्द्र चौधरी, अमर कान्त चौधरी, अशोक कुमार चौधरी, गीता चौधरी, प्रमिला कुमारी गच्छदार (थारु), कृपाराम राना (राना थारु) र करिश्मा कठरिया (कठरीया थारु)।
डोटेली र बझाङ्गी : हरिणा देवी कामी, आकृति अवस्थी, दिपक राज बोहरा (डोटेली) र ऐन बहादुर महर (बझाङ्गी)।
किराँती तथा पहाडी भाषा : निश्कल राई (चाम्लिङ), ध्रुवराज राई (बान्तवा), गंगा छन्त्याल (छन्त्याल), रेनुका काउचा (मगर खाम भाषा) र परशुराम तामाङ्ग (तामाङ्ग)।
अन्य : मोहम्मद इश्तियाक राई (अवधि), राज किशोर महतो, जोग कुमार बरबरिया यादव, प्रमोद कुमार महतो (मगही) र खुश्बु ओली ( संस्कृत ) ।
बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको राज्य सञ्चालनको अवस्थाप्रति असन्तुष्टि जनाउँदै राज्य राज्यजस्तो नरहेको टिप्पणी गरेका छन्। प्रेस ...
दाङ । दाङको देउखुरीमा मध्यराति भएको सडक दुर्घटनामा एक युवकको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। ...
बुटवल । नवलपरासीकाे रामग्राममा ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोषकान्त पोखरेलको निधन भएको छ । आज शुक्रबार दिउँसो पश्चिमबाट पूर्वतर्फ जाँदै ...