माेटरसाईकल चाेरीबाट जाेगाउन प्रहरीका सात सुझाव

काठमाडौं । देशका विभिन्न ठाउँबाट दुई पांग्रे सवारी मोटरसाइकल तथा स्कूटर हराउने क्रम बढेको छ । सवारी साधन हराएपछि प्रहरी कहाँ उजुरी पनि बढेको छ ।
उजुरी आएपछिका खोजतलासका क्रममा मोटरसाइकल केही मोटरसाइकल भेटिएपनि धेरै लामो समयसम्म हराएकै सूचीमा रहन्छन् । यसरी मोटरसाइल चोरीका घटना बढ्न थालेपछि सावधानी अपनाउन ट्राफिक प्रहरीले सवारी धनीलाई आग्रह गर्दै आएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेश राज सुवेदीले चोरी हुनबाट सवारी साधनलाई जोगाउन विभिन्न सात टिप्स दिएका छन् । सुवेदीका टिप्स तपाईंको सवारी चोरी हुनबाट जोगाउन उपयोगी हुनेछन् ।
यस्ता छन् सात टिप्स:
१) सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने,
२) ह्विल लक गर्ने
३) चेन लक गर्ने
४) ह्यान्डिल लक गर्ने
५) डिस्क लक गर्ने
६) सुरक्षा साइरन जडान गर्ने
७) मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्ने ।
हराएमा के गर्ने ?
सवारी चोरी हुनबाट जोगाउने सचेतता सबैभन्दा उत्तम हो । तर सवारी हराएका सवारी साधन प्रहरीले खोजतलास गर्ने गरेको छ । हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आए पनि सवारी धनी स्वयम् सजग हुनुपर्ने सुझाव प्रहरीको छ । सबैभन्दा ठूलो सुरक्षा र ध्यानदिनुपर्ने उपाय सुरक्षित स्थानमा पार्किङ भएको प्रहरी उपरीक्षक सुवेदीले बताए ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरण सहित फोन गर्न पनि उनले सुझाएका छन् । त्यसपछि नजिकैको प्रहरी कार्यालयमा गएर सवारी हराएको निवेदन दिन सुवेदीले आग्रह गरेका छन् ।
अजरन्यूज संवाददाता प्यूठान । प्यूठान गाैमुखीकाे जंगलमा शिकार खेल्ने क्रममा गोली लाग्दा एक किशोरको ज्यान गएको छ । संगै रहेकी ...
पोखरा । प्रदेशकाे मन्त्री बन्न नपाएपछि गण्डकीका एक प्रदेशसभा सदस्यले राजिनामा दिएका छन् । गण्डकी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदा ...
अजरन्यूज संवाददाता बुटवल । बुटवलको याेगिकुटीस्थित एक सुनचाँदी पसलबाट सुनकाे सिक्री चाेरी गरेर फरार दुई महिला कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटामा ...