घुस लिएकोमा रूपन्देहीको मर्चवारीका वडाध्यक्ष र भैरहवाका व्यापारी दाेषी ठहर

बुटवल । रुपन्देहीकाे मर्चवारि गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष र भैरहवाका एकजना व्यापारिलाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेकाे छ । अदालतले उनीहरूलाई एक बर्ष कैद सजाय हुने फैसला समेत गरेकाे छ ।
मर्चवारी वडा नं ३ का वडाध्यक्ष जनार्दन यादवलाई विशेष अदालतले १ बर्ष कैद सजाय गर्ने फैसला गरेकाे हाे । वडाध्यक्षसँगै भैरहवाकाे गणेश ट्रेडिङ्गका सन्चालक विपिनकुमार पाण्डेलाई पनि विशेष अदालतले एक वर्ष कैद र डेढ लाख जरिवानाको सजाय ठहर गरेकाे छ । वडाकाे याेजना सम्पन्न गरेकाे सिफारिश गर्ने क्रममा तीन लाख घुस लिदा लिदै वडाध्यक्ष यादव र व्यापारी पाण्डे पक्राउ परेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले उनीहरूलाई गत २३ असारमा घुस रकमसहित रंगेहात पक्राउ गरी मुद्दा चलाएको थियो।
अजरन्यूज संवाददाता प्यूठान । प्यूठान गाैमुखीकाे जंगलमा शिकार खेल्ने क्रममा गोली लाग्दा एक किशोरको ज्यान गएको छ । संगै रहेकी ...
पोखरा । प्रदेशकाे मन्त्री बन्न नपाएपछि गण्डकीका एक प्रदेशसभा सदस्यले राजिनामा दिएका छन् । गण्डकी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदा ...
अजरन्यूज संवाददाता बुटवल । बुटवलको याेगिकुटीस्थित एक सुनचाँदी पसलबाट सुनकाे सिक्री चाेरी गरेर फरार दुई महिला कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटामा ...