बाटो चिप्लो भएर दाउन्नेमा सडक अवरूद्व, बुझेर यात्रा गर्न आग्रह

बुटवल । पुर्वपश्चिम राजमार्गमा पर्ने नवलपरासी दाउन्ने सडकखण्डमा बर्षाका कारणले बाटो चिप्लो भई दुबै तर्फको सवारी साधन पूर्णरुपमा अवरुद्व भएको छ।
राेकिएका सवारी साधनहरुलाई पाल्पारुट हुँदै पठाउन खाेजिएकोमा पाल्पा स्थित सिद्धबाबा क्षेत्रमा लेदो सहितको ढुङ्गाहरु झरी दुबै तर्फको बाटो अवरुद्व भएको प्रहरीले जनाएको छ ।
तसर्थ यात्रा गर्दा निम्न नम्बरहरु (ने.प्र.रा.सु.तथा ट्रा.व्य.का.बुटवल १०३, ९८५७०९०३७५, ९८५७०९००४४ जि.ट्रा.प्र.का. पाल्पा ९८५७०९१५००, जि.ट्रा.प्र.का. नवलपरासी पश्चिम ९८५७०४६२८२) मा सूचना लिई लिई यात्रा गर्नु हुन र पानी बन्द भईसकेपछि मात्र यात्रा गर्नुहुन प्रहरीको अनुरोध छ ।
कपिलवस्तु । कपिलवस्तुमा बोर्डिङ स्कुलको बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार एक जनाको मृत्यु भएको छ भने चालक घाइते ...
बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको राज्य सञ्चालनको अवस्थाप्रति असन्तुष्टि जनाउँदै राज्य राज्यजस्तो नरहेको टिप्पणी गरेका छन्। प्रेस ...
दाङ । दाङको देउखुरीमा मध्यराति भएको सडक दुर्घटनामा एक युवकको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। ...