कपिलवस्तुकाे महाराजगन्जमा निषेधाज्ञा

बुटवल । कपिलवस्तुकाे महाराजगन्ज बर्गदवामा दुई समुदायबीच झडप राेक्न प्रशासनले निषेधाज्ञा जारी गरेकाे छ ।
आज बिहान मन्दिरमा ताेडफाेडकाे विषयलाई लिएर हिन्दु र मुस्लिम समुदायका युवाबिच तनाव सिर्जना भएकाे थियाे । संभावित झडपलाई राेक्न कुनै किसिमकाे भेला,सभा, जुलुस गर्न नपाउने गरि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आज दिउँसो २ बजेदेखि अर्को सूचना जारी नभएसम्म निषेधाज्ञा जारी गरेकाे छ ।
पूर्वमा बर्गदी पुल, पश्चिम बहादुरगञ्ज चाेक, उत्तर महाराजगन्ज बजार र दक्षिणमा हर्दाैनासम्म निषेधाज्ञा जारी गरिएको प्रशासनले आज जारी गरेकाे निषेधाज्ञा आदेशमा उल्लेख छ ।
अजरन्यूज संवाददाता प्यूठान । प्यूठान गाैमुखीकाे जंगलमा शिकार खेल्ने क्रममा गोली लाग्दा एक किशोरको ज्यान गएको छ । संगै रहेकी ...
पोखरा । प्रदेशकाे मन्त्री बन्न नपाएपछि गण्डकीका एक प्रदेशसभा सदस्यले राजिनामा दिएका छन् । गण्डकी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदा ...
अजरन्यूज संवाददाता बुटवल । बुटवलको याेगिकुटीस्थित एक सुनचाँदी पसलबाट सुनकाे सिक्री चाेरी गरेर फरार दुई महिला कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटामा ...