कांग्रेस लुम्बिनी सभापति पुन सहितलाई आफ्नै कार्यकर्ताबाट कुटपिट

नेपालगञ्ज । नेपाली कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुनलाई बाँकेका जिल्लास्तरीय नेताहरूले कुटपिट गरेर लखेटेका छन् ।
नेपालगञ्जस्थित पार्टी कार्यालयमा बुधबार नेपाली कांग्रेस बाँकेको जिल्ला कार्यसमितिले राखेको चुनावको समीक्षा बैठकमा लुम्बिनी कांग्रेसका सभापति पुन र बाँके ३ का क्षेत्रीय सभापति मोहम्मद लक्की खाँले चुनावमा अन्तरघात भएको भन्दै नेता तथा कार्यकर्ताहरूमाथि कारबाहीको प्रस्ताव राखेका थिए । उनकाे प्रस्तावपछि आक्राेशित कार्यकर्ताले धक्कामुक्कासहित कुटपिट गरेर लखेटेको स्रोतले जनाएको छ । बाँके कांग्रेसका जिल्ला सभापति नारायणप्रसाद गौडेलले राखेकाे समीक्षा बैठक शुरु हुनेवित्तिकै बाँके ३ का आक्रोशित कांग्रेसका जिल्लास्तरीय नेताहरूले पुन र खाँलाई कुटपिट गरेको बैठकमा सहभागी एक पदाधिकारीले बताए ।
कांग्रेसका सभापति अमरसिंह पुनलाई बाहिरबाट आएको दलाल हो, टिकट बेचेको ठग हो, रोल्पाबाट चुनाव लड्न नसकेर बाँके चुनाव लडेको जस्ता नाराबाजी गरेर लखेटेका थिए । धक्कामुक्का र कुटपिट भएपछि अमरसिंह पुन र मोहम्मद नक्की खाँ भागेकाे र पछि प्रहरी आएर रेस्क्यु गरेर लगेको जनाईएकाे छ ।
लुम्बिनी कांग्रेसका सभापति पुन र क्षेत्रीय सभापति खाँ तथा किशोरसिंह राठौर समूहले चुनावमा अन्तरघात गरेर अमरसिंह पुनलाई हराएको भनेर बाँके कांग्रेसका अधिकांश नेताहरूलाई कारबाही गर्न नामको सूची तयार परेका छन् । बाँके कांग्रेसका अर्को पक्षका नेताहरूले अमरसिंह पुन आफ्नो जिल्ला रोल्पामा कहिल्यै जित्न नसक्ने र बाँकेमा आएर अनुशासनको कारबाहीको कुरा गर्न नमिल्ने धारणा राखेका छन् ।
बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको राज्य सञ्चालनको अवस्थाप्रति असन्तुष्टि जनाउँदै राज्य राज्यजस्तो नरहेको टिप्पणी गरेका छन्। प्रेस ...
दाङ । दाङको देउखुरीमा मध्यराति भएको सडक दुर्घटनामा एक युवकको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। ...
बुटवल । नवलपरासीकाे रामग्राममा ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोषकान्त पोखरेलको निधन भएको छ । आज शुक्रबार दिउँसो पश्चिमबाट पूर्वतर्फ जाँदै ...