जेनजी आन्दोलनमा भागेको हेलिकोप्टर पुन: सिंहदरबारमा अवतरण नहोस : रवि लामिछाने

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्रलाई खतरा हुने व्यक्ति हेलिकोप्टर चढेर भागिसकेको बताउँदै त्यो हेलिकोप्टर फेरि बालुवाटार र सिंहदरवारमा आउन नहुने बताएका छन् ।
सुर्खेतमा आयोजित चुनावी सभालाई बिहीबार सम्बोधन गर्दै उनले लोकतन्त्र जोगाउन कुनै नेता वा पार्टीले ठेक्का लिन नपर्ने बताए ।
’लोकतन्त्रलाई जसबाट खतरा थियो, ऊ हेलिकोप्टर चढेर भागेको छ । लोकतन्त्रलाई खतरा तब हुन्छ, जब त्यो हेलिकोप्टर सिंहदरवार र वालुवाटारमा फर्किन्छ,’ उनले भने, ’भागेको त्यो हेलिकोप्टर जहाँ ल्याण्ड हुन्छ ल्याण्ड होस्, हामीलाई भन्नु केही छैन् तर जनताको भाग्य र भविश्य फेर्ने सिंहदरवारमा ल्याण्ड नहोस्, यति भए पुग्छ ।’
उनले फरिवर्तनको झिल्कोलाई कसैले पनि चुनौति दिन नहुने बताए । उनले अहिले चुनाव सार्नुपर्छ, चुनावले निकास दिँदैन भन्ने सुनिएको बताउँदै चुनावले निकास नदिने भए केले निकास दिन्छ ? भन्दै प्रश्न गरे । उनले आफू मतबाट नभएर रोडबाट पनि भिड्न तयार रहेको बताए ।
अजरन्यूज संवाददाता बुटवल । नेपालमा रहेका चार बामपन्थी कम्युनिष्ट दलहरुले निर्वाचन बहिष्कार र आन्दोलन एकसाथ गर्ने घोषणा गरेका छन । ...
अजरन्यूज संवाददाता बुटवल । रुपन्देही क्षेत्र नं –२ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले आज बिहिबार तिलोत्तमा नगरपालिकाका बिभिन्न वस्तीका मतदातासंग ...
अजरन्यूज संवाददाता बुटवल । रुपन्देही क्षेत्र नम्बर – २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले राष्ट्रियता अफ्ठ्यारोमा परेको ...