रुपन्देही – २ : राष्ट्रिय स्वाधिनताको पक्षमा उभिने विश्वदीपको प्रण

अजरन्यूज संवाददाता
बुटवल । रुपन्देही क्षेत्र नम्बर – २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले राष्ट्रियता अफ्ठ्यारोमा परेको बेला सबै देशभक्त शक्ति एकजुट हुनुपर्ने बताएका छन ।
नागरिक मञ्च अभियान नेपालले आज बिहिवार बुटवलको ऐतिहासिक स्थल जितगढीमा आयोजना गरेकोे ‘आसन्न निर्वाचन र राष्ट्रिय स्वाधीनताको प्रश्न’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले देशमा भएका परिवर्तन संस्थागत गर्न सबै देशभक्त एक हुनुपर्ने उल्लेख गरे ।
उम्मेदवार विश्वदीपले जितगढीको माटो मुठ्ठीमा लिएर राष्ट्रहित, राष्ट्रियता र स्वाधीनताको रक्षा गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । उनले आसन्न निर्वाचनलाई उत्सवका रुपमा लिनुपर्ने पनि बताए ।
कार्यक्रममा सहभागी यस क्षेत्रका अन्य उम्मेदवार र नागरिक अगुवाहरुले पनि राष्ट्रिय स्वाधिनताको लडाईमा सबै एक हुनुपर्ने आवश्यकतामा जोड दिएका थिए ।
नेकपा (माओवादी)का उम्मेदवार विरेन्द्र विकले प्रतिबन्धको समयदेखि नै पार्टीले राष्ट्रियता र स्वाधीनताको पक्षमा संघर्ष गर्दै आएको स्मरण गराउँदै चुनावमा देशभक्ति र स्वाधीनताको पक्षमा बोल्ने उम्मेदवारलाई मत दिन आग्रह गरे ।
राष्ट्रिय जनमोर्चाका लिलाबहादुर केसीले देशलाई संघीयतामा लैजाँदा स्वाधीनता कमजोर बनाउने प्रयास भइरहेको आरोप लगाउँदै देश बचाउने कि सक्काउने भन्ने निर्णायक घडीमा देशभक्तहरु एक ठाँउमा आउनुपर्ने उल्लेख गरे ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार नारायण नागिलाले अवधारणापत्रप्रति समर्थन जनाउँदै चुनाव जिते वा हारे पनि राष्ट्रियता र स्वाधीनताको लडाइँमा अग्रपंक्तिमा रहने प्रतिबद्धता व्यक्त गरे ।
उज्यालो नेपाल पार्टीका ई. सुरज पाण्डेले स्वाधीनतालाई आफूहरुले खतरामा पार्ने कुनै कार्य नगर्ने स्पष्ट पारे । स्वतन्त्र उम्मेदवार निकोलस भुसालले नेपाल स्वर्गको टुक्राजस्तो सुन्दर देश भएको उल्लेख गर्दै देश निर्माणका लागि सबै नागरिक एकजुट हुनुपर्ने बताए ।
अभियानका अध्यक्ष पदम कार्कीले आसन्न निर्वाचनको सन्दर्भ र राष्ट्रिय स्वाधीनताको सवालबारे आफ्नो अवधारणा प्रस्तुत गरेका थिए । प्रस्तुत अवधारणामाथि नागरिक अगुवा एवं बुद्धिजीवीहरु दिल साहनी, रविन्द्रगोपाल लाकौल, देवेन्द्रराज शाक्य, विनबहादुर कुँवर, प्रेम सुवेदी, सरद ओली, समुन्द्र जीसी लगायतले पनि ऐक्यबद्धता जनाउँदै राष्ट्रियता कमजोर हुने कुनै पनि गतिविधिको प्रतिवाद गर्ने धारणा राखेका थिए । कार्यक्रम शिव डुम्रेको संचालन र ज्ञानु केसीको स्वागतमा सम्पन्न भएको थियो ।
अजरन्यूज संवाददाता बुटवल । नेपालमा रहेका चार बामपन्थी कम्युनिष्ट दलहरुले निर्वाचन बहिष्कार र आन्दोलन एकसाथ गर्ने घोषणा गरेका छन । ...
अजरन्यूज संवाददाता बुटवल । रुपन्देही क्षेत्र नं –२ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले आज बिहिबार तिलोत्तमा नगरपालिकाका बिभिन्न वस्तीका मतदातासंग ...
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्रलाई खतरा हुने व्यक्ति हेलिकोप्टर चढेर भागिसकेको बताउँदै त्यो हेलिकोप्टर फेरि बालुवाटार ...