कपिलवस्तु कांग्रेसमा चरम विवाद, दीपकुमारलाई पार्टीबाटै निष्काशन गर्नुपर्दछ : सभापति कलाम

अजरन्यूज संवाददाता
बुटवल । निर्वाचनको मिति नजिकिदै जाँदा नेपाली कांग्रेस कपिलवस्तुमा आन्तरिक विवाद चरम उत्कर्षमा पुगेको छ ।
नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पूर्व मन्त्री दीपकुमार उपाध्यायका कारण पार्टीभित्र चरम असन्तुष्टि र विवाद देखिएको हो ।
कपिलवस्तुमा देखिएको विवाद आन्तरिक ढंगले मिलाउन केही नेता लागेपनि त्यो सफल हुन नसकेको कांग्रेसका कार्यकर्ताले बताउन थालेका छन ।
नेता उपाध्यायले पार्टीको आधिकारिक निर्णयविरुद्ध छोरा आशिष शर्मालाई क्षेत्र नं १ मा स्वतन्त्र उम्मेदवार बनाएपछि विवाद उत्कर्षमा पुगेको हो ।
यही कारण कांग्रेस कपिलवस्तुले उपाध्यायलाई ५ वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न माग गरेको छ । नेता उपाध्यायसहित पार्टी निर्णय विरुद्ध जाने थप १८ जनालाई साधारण सदस्यसमेत नरहने गरी निष्कासनको कारबाही गर्न लुम्बिनी प्रदेश कार्यसमिति र केन्द्रीय अनुशासन समितिमा सिफारिस सिफारिस गरिएको जिल्ला सभापति अब्दुल कलामले जानकारी दिए । ।
कांग्रेस कपिलवस्तु जिल्ला कार्यसमितिको बैठकले उपाध्याय, बागी उम्मेदवार आशिष, पार्टीका कपिलवस्तु प्रतिनिधिसभा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति अब्दुल मन्नान खाँसहित १९ जनालाई ५ वर्ष साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ ।
कारबाही सिफारिस पर्नेमा महासमिति सदस्यहरू राजेशबहादुर सिंह, कमल टण्डन र विष्णु प्रसाद न्यौपाने, पार्टी जिल्ला सदस्य हरिराज घिमिरे, दुर्गा केसी, कमलराज आचार्य, डोलकराम घिमिरेलगायत छन् ।
काँग्रेस नेता उपाध्यायका छोरा आशिष प्रतिनिधिसभा निर्वाचनमा कपिलवस्तु–१ मा स्वतन्त्र उम्मेदवार छन् । कांग्रेसले यो क्षेत्रमा अतहर कमल मुसलमानलाई उम्मेदवार बनाएको छ ।
अजरन्यूज संवाददाता बुटवल । नेपालमा रहेका चार बामपन्थी कम्युनिष्ट दलहरुले निर्वाचन बहिष्कार र आन्दोलन एकसाथ गर्ने घोषणा गरेका छन । ...
अजरन्यूज संवाददाता बुटवल । रुपन्देही क्षेत्र नं –२ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले आज बिहिबार तिलोत्तमा नगरपालिकाका बिभिन्न वस्तीका मतदातासंग ...
अजरन्यूज संवाददाता बुटवल । रुपन्देही क्षेत्र नम्बर – २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले राष्ट्रियता अफ्ठ्यारोमा परेको ...