रूपन्देहीका पाँच वटै निर्वाचन क्षेत्रमा नेकपाको घरदैलो

अजरन्यूज संवाददाता
बुटवल । प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि रुपन्देहीका पाँच वटै निर्वाचन क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार र नेता कार्यकर्ताले घरदैलो अभियान जारी राखेका छन ।
यसपटकको निर्वाचनमा रुपन्देहीका सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको नेकपाले विजयको लक्ष्यसहित घरदैलो अभियान जारी राखेको हो ।
उम्मेदवारसहित जारी घरदैलो अभियानका क्रममा जनताबाट बिभिन्न सुझावसहित उत्साह मिलेको नेकपा रुपन्देहीका नेता एवं रुपन्देही क्षेत्र नं २ का निर्वाचन परिचालन समितिका संयोजक नारायण जी सी ‘निर्मल’ले बताए ।
नेकपाको तर्फबाट रुपन्देही क्षेत्र नं २ का उम्मेद्वार सुवास पाण्डे ‘विश्वदीप’ सहितको घरदैलो अभियान तिलोत्तमा, सैनामैना र बुटवलका बिभिन्न स्थानमा जारी रहेको छ । शुक्रवार क्षेत्र नं. २ मा पर्ने तिलोत्तमा नगरपालिकाका वडा नं. ३ र ४ मा घरदैलो गरिएको थियो । उम्मेदवार पुग्न नसकेका ठाँउमा कार्यकर्ताले घरदैलो गरिरहेका छन ।
मतदातालाई चुनाव चिन्ह र चुनावी ऐजेण्डाबारे जानकारी गराउदै गरिएको घरदैलोको क्रममा उम्मेद्वार पाण्डेले जनताको सेवा गर्नेगरी आफू राजनीतिमा आएकोले तारा चिन्हमा मतदान गरेर विजयी बनाउन मतदातासंग आग्रह गरे ।
जेन्जी आन्दोलनको मर्म र भावना अनुसार काम गर्न पार्टी नेतृत्व सक्षम रहेको भन्दै उनले आम जनताको साथ र सहयोगबाट नै रुपन्देहीको विकास गर्न सकिने धारणा व्यक्त गरे ।
घरदैलोमा पार्टीका नेताहरु राम परियार, निर्मल जीसी, दिपा विक, रिज्जु श्रेष्ठ, सुजित बिक लगायतको सहभागिता रहेको तिलोत्तमा वडा नं. ४ का चुनाव परिचालन समिति संंयोजक नेत्र रुचालले जानकारी दिए ।
यस्तै रुपन्देहीका क्षेत्र नं १, क्षेत्र नं ३, क्षेत्र नं ४ र क्षेत्र नं ५ मा पनि दैनिक घरदैलो अभियान जारी रहेको नेकपाले जनाएको छ । घरदैलोका क्रममा जनतामा उत्साह आउनुका साथै विभिन्न पार्टी परित्याग गरेर नेकपामा समाहित हुने क्रम समेत रहेको सो पार्टीले जनाएको छ ।
नेकपाले निर्वाचनलाई लक्षित गरेर रुपन्देहीका पाँच वटै निर्वाचन क्षेत्रमा वडा सम्पर्क कार्यालय समेत राखेको छ भने रुपन्देहीका सबै क्षेत्रमा घरदैलो अभियान जारी रहेको छ ।
नेपालगन्ज । बाँकेको कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको एम्बुलेन्सले आज आईतवार बिहान चार जनालाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। ...
सल्यान । सल्यानमा जन्ती सवार जीप दुर्घटना हुँदा तीन जनाको मृत्युु भएको छ भने १५ जना घाइते भएका छन् । ...
भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भैरहवा मालपोत कार्यालयका एक कर्मचारीलाई दुई लाख घुससहित पक्राउ गरेको छ । सर्जमिन मुचुल्काका ...