रुपन्देहीमा प्रलोपाका उम्मेदवार पार्टीबाट निष्काशित

बुटवल । प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) ले रुपन्देही–३ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका गोविन्द काराखेतीलाई पार्टीबाट निष्काशन गरेको छ । यसअघि उनले आफ्नो फेसबुकमा लामो पत्र लेख्दै प्रलोपा छाडेका घोषणा गरेका थिए ।
प्रलोपा रुपन्देहीका ईन्चार्ज पंकज राई र संयोजक कृण बन्जाडेले आज शुक्रबार एक बिज्ञप्ती जारी गर्दै उम्मेदवार काराखेतिलाई पार्टी हित विपरीतका व्यक्तिवादी गतिविधिमा संलग्न भएकोले कारबाही गरिएको जनाएका छन । ।
विज्ञप्तिमा काराखेतीले पार्टीको नीति, सिद्धान्त र विधानको गम्भीर उल्लंघन गरेको पुष्टि भएपछि पार्टीबाट निष्कासन गरिएको उल्लेख गरेका छन् ।
उम्मेदवार बनेपछि काराखेतीले पार्टीका नेताहरूसँग अनुचित तरिकाले रकम माग गरेको दाबी समेत गरेका छन ।
काराखेतीलाई निष्कासन गरेपछि रुपन्देही–३ मा प्रलोपाको उम्मेदवार हुने छैन । यसबारे पार्टीको वैठकले छिट्टै निर्णय गर्ने जिल्ला इन्चार्ज राईले बताए ।
यता रास्वपाले उम्मेदवार काराखेती आफ्नो पार्टीमा प्रवेश गरेको जिकिर गरेको छ । रास्वपाका स्थानीय नेता सुदन ज्ञवालीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार गोविन्द काराखेतीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार लेखजङ्ग थापालाई औपचारिक रूपमा समर्थन गर्ने घोषणा गरेको दाबी समेत गरेका छन ।
नेपालगन्ज । बाँकेको कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको एम्बुलेन्सले आज आईतवार बिहान चार जनालाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। ...
सल्यान । सल्यानमा जन्ती सवार जीप दुर्घटना हुँदा तीन जनाको मृत्युु भएको छ भने १५ जना घाइते भएका छन् । ...
भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भैरहवा मालपोत कार्यालयका एक कर्मचारीलाई दुई लाख घुससहित पक्राउ गरेको छ । सर्जमिन मुचुल्काका ...