बुटवल जाँदै गरेको कार दुर्घटना, एकको मृत्यु, तीन घाइते

सर्लाही । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको ईश्वरपुरमा सवारी दुर्घटना हुँदा बुटवलका एक युवकको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।
काँकरभिट्टाबाट बुटवलतर्फ गइरहेका ल ु३ च ५४७२ नम्बरको कार आज बिहान दुर्घटना हुँदा बुटवल उपमहानगरपालिका– १ का २७ वर्षीय शुभम् जैसवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता सरोज राईले बताए ।
कारका चालक बुटबल उपमहानगरपालिका– १ का २३ वर्षीय साहिल बर्मा, ४८ वर्षका वृजकिशोर बर्मा र ५२ वर्षका सञ्जय जैसवाल घाइते भएका हुन् । घाइते सबैको बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार उपचार भइरहेको प्रहरीको भनाई छ ।
बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको राज्य सञ्चालनको अवस्थाप्रति असन्तुष्टि जनाउँदै राज्य राज्यजस्तो नरहेको टिप्पणी गरेका छन्। प्रेस ...
दाङ । दाङको देउखुरीमा मध्यराति भएको सडक दुर्घटनामा एक युवकको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। ...
बुटवल । नवलपरासीकाे रामग्राममा ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोषकान्त पोखरेलको निधन भएको छ । आज शुक्रबार दिउँसो पश्चिमबाट पूर्वतर्फ जाँदै ...