सबैले भरोसा गर्ने उम्मेदवारको रुपमा चुनावी प्रतिस्पर्धामा आएको छु : विश्वदीप

अजर संवाददाता
बुटवल । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट रुपन्देही क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुवास पाण्डे विश्वदीपले आफू सबैले भरोसा गर्ने उम्मेदवारको रुपमा चुनावी प्रतिस्पर्धामा आएको बताएका छन ।
चुनावी प्रचारप्रसारलाई तीव्र बनाउँदै जनताको घर दैलोसम्म पुगिरहेका पाण्डेले आज मंगलवार बुटवल उपमहानगरपालिका वडा नं ११ को निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा यस्तो बताएका हुन ।
उनले यस क्षेत्रका जनताको सेवा गर्ने गरी आफू राजनीतिमा आएको बताए । नेपाली कम्युनिष्ट पार्टीले नै जेन्जी आन्दोलनको मर्म र भावना अनुसार काम गर्न सक्ने बताउँदै उम्मेदवार पाण्डेले पार्टीले सोही अनुसार आफूलाई यस निर्वाचन क्षेत्रमा खटाएको उल्लेख गरे ।
नेपाली राजनीतिमा पुस्ता हस्तान्तरण आवश्यक रहेको भन्दै उनले पुरानालाई अभिभावक र नयाँसंग सहकार्य गरेर देशलाई अग्रगामी दिशामा अघि बढाउन सकिने विचार व्यक्त गरे ।
उम्मेदवार पाण्डेले युवा, मजदुर, उद्योगी, व्यापारीदेखि ज्येष्ठ नागरिकसम्मको आशा र भरोसालाई कमी हुन नदिने प्रतिवद्धता व्यक्त गर्दै कुनै पनि प्रलोभनमा नपरेर तारा चिन्हमा मतदान गर्न सबैमा आग्रह गरे ।
रुपन्देही क्षेत्र नं २ को निर्वाचन परिचालन समितिका संयोजक नारायण जीसी (निर्मल) ले पुराना दलहरु एमाले र काँग्रेसले जेन्जी आन्दोलनको मर्म अनुसार काम गर्न नसक्ने भन्दै नेकपालाई निर्धक्क मतदान गर्नुपर्ने बताए ।
उनले आफ्नो पार्टीका उम्मेदवारको सरल व्यवहार, सुन्ने क्षमता र कामप्रति देखिएको प्रतिबद्धताले मतदाताको ध्यान तानिरहेको उल्लेख गर्दै सबै कार्यकर्तालाई सम्पूर्ण ध्यान केन्द्रित गरेर चुनावमा होमिन अपिल गरे ।
सो अवसरमा नेताहरु शिव घिमिरे, माधव पन्त लगायतले बोल्दै यसपटक नेकपाका उम्मेद्वार पाण्डेलाई जिताउन सबैमा आग्रह गरेका थिए
बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको राज्य सञ्चालनको अवस्थाप्रति असन्तुष्टि जनाउँदै राज्य राज्यजस्तो नरहेको टिप्पणी गरेका छन्। प्रेस ...
दाङ । दाङको देउखुरीमा मध्यराति भएको सडक दुर्घटनामा एक युवकको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। ...
बुटवल । नवलपरासीकाे रामग्राममा ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोषकान्त पोखरेलको निधन भएको छ । आज शुक्रबार दिउँसो पश्चिमबाट पूर्वतर्फ जाँदै ...