बुटवल उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराईद्वारा प्रतिवद्वतासहित उम्मेदवारी घोषणा

बुटवल । बुटवल उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा उद्योग उपाध्यक्ष सुरज भट्टराईले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।
व्यवसायी तथा औषधि व्यवसाय क्षेत्रमा सक्रिय भट्टराईले संघको नेतृत्वमा रहेर उद्योगी–व्यवसायीका साझा समस्या समाधान तथा निजी क्षेत्रको प्रवर्द्धनमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने उद्देश्यसहित वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेकाे बताएका छन् ।
भट्टराई हाल बुटवल उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्षका रूपमा कार्यरत छन्। संघका विभिन्न गतिविधिमा सक्रिय रहँदै आएका उनले उद्योग, व्यवसाय र लगानीको वातावरण सुधारका विषयमा आफ्नो धारणा राख्दै आएका छन्।
भट्टराई नेपाल औषधि व्यवसायी संघ रुपन्देहीका संस्थापक अध्यक्षसमेत हुन्। औषधि व्यवसाय क्षेत्रमा लामो समयदेखि सक्रिय उनी ग्रेस फर्मास्युटिकल्सका प्रबन्ध निर्देशक तथा सनराइज मेडिसिन सप्लायर्सका सञ्चालकका रूपमा समेत परिचित रहेका छन् ।
बुटवल उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्ष पदमा रहँदा भट्टराईले औद्योगिक विकासमा देखिएका अवरोध हटाउन व्यवसायिक संस्थाहरूबीच सहकार्य र एकतामा जोड दिँदै आएका छन्। संघका विभिन्न कार्यक्रम तथा उपसमितिमा पनि उनले जिम्मेवारी सम्हाल्दै आएका छन्।
वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्दै भट्टराईले उद्योगी–व्यवसायीका समस्या सम्बोधन, लगानीमैत्री वातावरण निर्माण, निजी क्षेत्रको संरक्षण तथा व्यवसायिक गतिविधि विस्तारलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले संघलाई उद्योगी तथा व्यवसायीको साझा आवाजका रूपमा थप प्रभावकारी बनाउँदै राज्यका सम्बन्धित निकायसँग समन्वय गरी व्यवसायिक क्षेत्रका समस्या समाधानका लागि पहल गर्ने बताएका छन्।
दाङ । दाङको देउखुरीमा मध्यराति भएको सडक दुर्घटनामा एक युवकको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। ...
बुटवल । नवलपरासीकाे रामग्राममा ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोषकान्त पोखरेलको निधन भएको छ । आज शुक्रबार दिउँसो पश्चिमबाट पूर्वतर्फ जाँदै ...
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) की पत्नी सविना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। अचानक देखिएको स्वास्थ्य समस्यापछि ...