गुल्मीमा बाबुछाेरी ६ दिनदेखि सम्पर्कविहीन

अजरन्यूज संवाददाता
गुल्मी । गुल्मीकाे धुर्काेट गाउँपालिका – ४ जैसिथाेक निवासी बाबुछोरी ६ दिनदेखि सम्पर्कविहीन भएका छन् । जैसिथोकका अन्दाजी ३५ वर्षीय झम्मन गिरी आफ्नी तीन वर्षीया छोरीसहित गत शुक्रबारदेखि सम्पर्कविहीन भएका हुन् ।
धुर्कोटकै हुलाकेमा खिचेको उनीहरूको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ । गिरीले वडा कार्यालयबाट गाउँमा आर्थिक सङ्कलन गर्ने उद्देश्यसहित गरिबीको पत्र बनाएर चन्दा संकलन गर्दै रक्सीको नशामा लठ्ठीएकाे भिडियाे सार्वजनिक भएको छ, जहाँ बच्चाको कुनै वास्ता गरिएको देखिदैन ।
वडामा बनाईदिएकाे पत्रका आधारमा चन्दा उठाएर मादक पदार्थ सेवन गरी छोरीसहित झम्मन सम्पर्कविहीन भएका हुन । धुर्काेट गाउँपालिकाका अध्यक्ष भुपाल पाेखरेलले बेपत्ता बावुछाेरीकाे खाेजतलास जारी रहेपनि फेला नपरेकाे बताए । उनका अनुसार प्रहरी खाेजी कार्यमा लागिरहेको छ ।
भिडियो भाइरल भएसँगै बाल अधिकारकर्मी, महिला अधिकारकर्मीलगायतले पनि बालिकाको खोजी गरिरहेका छन् ।
गिरीको घरमा एक वर्षयता बाबुछोरी मात्रै बस्दै आएका थिए। उनको श्रीमतीको एक वर्षअगाडि मृत्यु भएको थियो । सन्तानमा उनकी एक्ली छोरी थिइन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नारायण अधिकारीले बाबुछोरीको खोजतलासका लागि आफू र मातहतका सबै निकाय लागिरहेको जानकारी दिए ।
बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको राज्य सञ्चालनको अवस्थाप्रति असन्तुष्टि जनाउँदै राज्य राज्यजस्तो नरहेको टिप्पणी गरेका छन्। प्रेस ...
दाङ । दाङको देउखुरीमा मध्यराति भएको सडक दुर्घटनामा एक युवकको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। ...
बुटवल । नवलपरासीकाे रामग्राममा ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोषकान्त पोखरेलको निधन भएको छ । आज शुक्रबार दिउँसो पश्चिमबाट पूर्वतर्फ जाँदै ...