यी हुन् प्रहरीको रातभरकाे अनुसन्धानपछि फेला परेका दाङ हत्याका तीन अभियुक्त

दाङ । प्रहरीले दाङका एक किशोरकाे हत्यामा संलग्नता रहेकाे अभियाेगमा गए रातभरकाे अनुुसन्धानपछि तीन जनालाई पक्राउ गरेकाे छ ।
घटना भएकाे २४ घण्टा नबित्दै इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरिक्षक पुष्करसिंह ऐरी नेतृत्वकाे प्रहरी टाेलीले रातभर लगाएर ती ३ जना अभियुक्तलाई प्रकाउ गरेकाे हाे ।
हत्यामा संलग्न भएकाे आराेपमा प्रहरीले दाङकाे बंगलाचुली निवासी बर्ष २० का संदिप वली, राप्ती गाउँपालिकाका बर्ष १८ का निश्चल चाैधरी र राप्ती गाउँपालिकाकै वर्ष १८ की आकृति बुढालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रबक्ता तथा प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए ।
प्रहरीले घटना भएकाे थाहा पाए लगत्तै शुक्रबार रातभर नै घटनास्थल सहितका ठाउँमा अनुसन्धान गरी आज शनिबार बिहान ४ बजे मात्र अभियुक्तलाई पक्राउ गरेको हाे ।अभियुक्त तीन जनालाई प्रमाण सहित फेला पारिएको प्रहरीले जनाएकाे छ ।
बिहिबार राती राप्ती गाउँपालिका–२ बराखुट्टी निवासी १६ बर्षिय स्मित प्रधानलाई हत्या गरी वडा नं. ४ गोपीनालाकाे दाेलाईखाेला नजिक नालामा फालेको अवस्थामा शब फेला परेको थियाे । मृतक प्रधानको शरिरमा धारिलाे हतियार प्रयाेग गरि हत्या गरेकाे देखिएपनि पाेष्टमार्टम रिपोर्ट आउन बाँकी छ । यस्तै एक किशाेर घाईते अवस्थामा भेटिएका थिए । उनकाे उपचार जारी छ ।
अजरन्यूज संवाददाता प्यूठान । प्यूठान गाैमुखीकाे जंगलमा शिकार खेल्ने क्रममा गोली लाग्दा एक किशोरको ज्यान गएको छ । संगै रहेकी ...
पोखरा । प्रदेशकाे मन्त्री बन्न नपाएपछि गण्डकीका एक प्रदेशसभा सदस्यले राजिनामा दिएका छन् । गण्डकी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदा ...
अजरन्यूज संवाददाता बुटवल । बुटवलको याेगिकुटीस्थित एक सुनचाँदी पसलबाट सुनकाे सिक्री चाेरी गरेर फरार दुई महिला कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटामा ...