दाङ गाेपीनाला हत्याकाण्ड : एक युवतीसहित तीन जना पक्राउ

दाङ । दाङको राप्ती गाउँपालिकामा दुई किशोरमाथि कुटपिट गर्दा १७ वर्षीय स्मिथ प्रधानको मृत्यु भएको घटनामा संलग्न रहेकाे अभियाेगमा तीन जना पक्राउ परेका छन् ।
प्रहरीले हत्यामा संलग्न रहेकाे भन्दै एक युवतीसहित तीन जनालाई पक्राउ गरेकाे हाे । उक्त घटनामा १६ वर्षीय आयुशमान थापा मगर घाइते भएका छन्।
उनीहरू साथीको घर जाने भन्दै निस्किएका बेला मौरीघाट क्षेत्रमा अपरिचित समूहले आक्रमण गरेकाे थियाे । घाइते आयुशमान उपचाररत छन् र उनको अवस्था मध्यम छ। प्रहरीले खोजी गर्दा स्मिथको शव नजिकैको खोलाको सुख्खा नालामा हिजो फेला परेको थियाे । घटनामा संलग्न व्यक्तिहरूले फेसबुकमार्फत बोलाएर आक्रमण गरिएको आशंका गर्दै प्रहरीले थप अनुसन्धान गरेकाे थियोे ।
प्रारम्भिक जानकारी अनुसार आयुशमानलाई ‘देबीसरा गाहा’ र ‘स्वस्तिका रानामगर’ नामबाट फेसबुक मेसेन्जरमार्फत भेट्न बोलाइएको र त्यसपछि उनीहरू घरबाट निस्किएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अजरन्यूज संवाददाता प्यूठान । प्यूठान गाैमुखीकाे जंगलमा शिकार खेल्ने क्रममा गोली लाग्दा एक किशोरको ज्यान गएको छ । संगै रहेकी ...
पोखरा । प्रदेशकाे मन्त्री बन्न नपाएपछि गण्डकीका एक प्रदेशसभा सदस्यले राजिनामा दिएका छन् । गण्डकी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदा ...
अजरन्यूज संवाददाता बुटवल । बुटवलको याेगिकुटीस्थित एक सुनचाँदी पसलबाट सुनकाे सिक्री चाेरी गरेर फरार दुई महिला कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटामा ...