निर्वाचन बहिष्कार पक्षधर आठ नेता कार्यकर्ता पक्राउ, धरपकड नरोके आन्दोलनको सामना गर्न चेतावनी

अजरन्यूज संवाददाता
बुटवल । प्रहरीले यही फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन बहिस्कार गर्ने दलका आठ जना नेता कार्यकर्तालाई पक्राउ गरेको छ ।
साना बाम दलका चार कम्युनिष्ट पार्टी सम्मिलित केन्द्रीय संयुक्त संघर्ष समितिले आफ्ना नेता कार्यकर्तालाई गैरन्यायिक गिरफ्तार गरिएको भन्दै बिना सर्त रिहाईको माग गरेको छ ।
आगामी निर्वाचन नेपाली जनताको पक्षमा नभएको भन्दै संघर्ष समितिले निर्वाचन खारेजीको समेत माग गरेको छ ।
संयुक्त संघर्ष समितिले निर्वाचनको विकल्पमा स्वाधीन संयुक्त सरकार गठन गरी जनसंविधान निर्माणको लागि गोलबद्ध हुन आह्वान गर्दै सरकारी धरपकड नरोके आन्दोलनको सामना गर्न चेतावनी दिएको छ ।
निर्वाचन बहिष्कार गर्ने दलका नेताहरुमध्ये हालसम्म नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला, नेकपाका अध्यक्ष ऋषि कट्टेल, नेकपा (बहुमत)का केन्द्रीय सदस्य विनोद मरासिनी, नेकपा (बहुमत)का काभ्रे सेक्रेटरी बिष्णु तिमिल्सिनालाई पक्राउ गरिएको जनाईएको छ ।
त्यस्तै नेकपा बहुमतका कपिलवस्तु जिल्ला सदस्य शोभे थारु, सुर्खेत जिल्ला सदस्य पूर्ण तिवारी, क्रान्तिकारी कम्युनिस्ट पार्टी कपिलवस्तु जिल्ला सचिवालय सदस्य ज्ञानुराम पुरी र अधिवक्ता रविना सथशंकरलाई गैरन्यायिक गिरफ्तार गरिएको क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता रबि पाण्डेयले जानकारी दिए ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध केन्द्रीय संयुक्त संघर्ष समितिले सम्पूर्ण नेता कार्यकर्ताको रिहाईको माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेकोे छ ।
जसअन्र्तगत फागुन ८ देखि १२ गतेसम्म आगामी संसदीय निर्वाचन बहिष्कारको पक्षमा गाउँ, टोल र वडासम्म पर्चा वितरण, घरदैलो र कोणसभाहरू गर्ने र फागुन १३ देखि १८ गतेका बिचमा स्थानीय अनुकूलता हेरेर इटहरी, जनकपुर, चितवन, काठमाडौँ, बुटवल, दाङ्, बर्दिया, धनगढी लगायतका सहरहरूमा बहिष्कार सभाहरू आयोजना गर्ने निर्णय संघर्ष समितिले जनाएको छ ।
बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको राज्य सञ्चालनको अवस्थाप्रति असन्तुष्टि जनाउँदै राज्य राज्यजस्तो नरहेको टिप्पणी गरेका छन्। प्रेस ...
दाङ । दाङको देउखुरीमा मध्यराति भएको सडक दुर्घटनामा एक युवकको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। ...
बुटवल । नवलपरासीकाे रामग्राममा ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोषकान्त पोखरेलको निधन भएको छ । आज शुक्रबार दिउँसो पश्चिमबाट पूर्वतर्फ जाँदै ...