प्यूठानमा जीपको ठक्करबाट बालकको मृत्यु

प्यूठान । प्युठान जिल्लाको माण्डवी गाउँपालिका–४ उदयपुरकोट माझगाउँमा आज बुधवार साँझ पिकअप जिपको ठक्करबाट एक बालकको ज्यान गएको छ ।
बुधबार साँझ करिब ५ः३० बजे चकचकेबाट उदयपुरकोटतर्फ जाँदै गरेको लु.३ च ६७७७ नम्बरको पिकअप जिपले ३८ महिनाका बालक मिसन थापा मगरलाई ठक्कर दिएको थियो ।
उनलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार प्युठान लगिएकोमा चिकित्सकले साँझ ६ः३० बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्न सवारीसाधन र चालक इलाका प्रहरी कार्यालय बिजुवारको नियन्त्रणमा रहेको प्रहरीको भनाई छ ।
नेपालगन्ज । बाँकेको कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको एम्बुलेन्सले आज आईतवार बिहान चार जनालाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। ...
सल्यान । सल्यानमा जन्ती सवार जीप दुर्घटना हुँदा तीन जनाको मृत्युु भएको छ भने १५ जना घाइते भएका छन् । ...
भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भैरहवा मालपोत कार्यालयका एक कर्मचारीलाई दुई लाख घुससहित पक्राउ गरेको छ । सर्जमिन मुचुल्काका ...