नवलपरासीमा रवि लामिछाने सहभागी हुने कार्यक्रममा प्रशासनको रोक

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको आतिथ्यमा भोली माघ २७ गते नवलपरासीमा हुने कार्यक्रमलाई प्रशासनले रोक लगाएको छ ।
चुनावी कार्यक्रम अनुसार विभिन्न जिल्ला दौडाहामा रहेका लामिछाने नवलपरासीका विभिन्न ठाउँमा भोली मंगलबारका लागि आयोजना गरिएका कार्यक्रममा सहभागी हुने समय तय गरिएकोमा प्रशासनले रोक लगाएको हो ।
रवि लामिछाने सहभागी हुने उक्त कार्यक्रम निर्वाचन आचारसंहिताविपरीत रहेको भन्दै प्रशासनले कार्यक्रम गर्न रोक लगाएको हो । निर्वाचन आचारसंहिता अनुगमन अधिकृत एंव सहायक प्रमुख जिल्ला अधिकारी पोषनराज भण्डारीले आज सोमबार एक सूचना जारी गर्दै निर्वाचन आचारसंहिता, २०८२ आकर्षित हुने गरी गतिविधि नगर्न भनेका छन ।
उक्त पार्टीको जिल्ला समितिले ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ तय गरी सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ । क्षेत्र नम्बर १ र २ मा बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म उक्त कार्यक्रम तय गरिएको छ । तर रुपन्देहीमा भने सोमबार दिनभर विभिन्न निर्वाचन क्षेत्रमा रबिले जिल्लाका उम्मेदवारसहित चुनाव प्रचारप्रसार अभियान सम्पन्न गरेका छन ।
नेपालगन्ज । बाँकेको कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको एम्बुलेन्सले आज आईतवार बिहान चार जनालाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। ...
सल्यान । सल्यानमा जन्ती सवार जीप दुर्घटना हुँदा तीन जनाको मृत्युु भएको छ भने १५ जना घाइते भएका छन् । ...
भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भैरहवा मालपोत कार्यालयका एक कर्मचारीलाई दुई लाख घुससहित पक्राउ गरेको छ । सर्जमिन मुचुल्काका ...