रूपन्देही २ मा प्रचारमा आक्रामक हुदै युवा उम्मेदवार , तर सहज छैन ‘टार्गेट’

बुटवल । यतिबेला रुपन्देही क्षेत्र नं २ ले मूलुककै ध्यान खिचेको छ । राजनीतिक रुपमा खारिएका, उद्योग ब्यापारीसँगै राजनीतिमा खरो रुपमा उत्रिदै आएका युवा उम्मेदवारहरुका कारण रुपन्देही क्षेत्र नम्बर दुई चर्चाको शिखरमा छ ।
यही क्षेत्रबाट निरन्तर चुनाव लड्दै र जित्दै आएका एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलसंग स्थानीय उद्योगी चुन्नप्रसाद शर्मा पौडेल र उनका छोरा उमेरका नेपाली कम्युनिष्ट पार्टीका चर्चित युवा नेता सुवास पाण्डे विश्वदीप यसै क्षेत्रबाट चुनावी मैदानमा होमिएपछि रुपन्देही क्षेत्र नं २ को चुनाव थप रोचक बन्दै गएको छ ।
त्यसका अलवा राष्टिय स्वतन्त्र पार्टीबाट अधिवक्ता युवा शुलभ खरेल चुनावी प्रतिस्पर्धामा आएपछि यहाँको चुनाव अझै प्रतिष्पर्धी हुने आंकलन गरिएको छ ।
२०६४ सालदेखि २०७९ सम्मका सबै निर्वाचन यसै क्षेत्रबाट जितेका पूर्वअर्थमन्त्री समेत रहेका पौडेललाई यसपटक भने चुनाव जित्न फलामका चिउरा चपाए जस्तै कठिन रहने विश्लेषकहरु बताउँछन ।
यस क्षेत्रबाट नेपाली काँग्रेसले मुलुकमै सफल उद्योगी कहलिएका चुन्नप्रसाद शर्मा पौडेललाई उम्मेदवार बनाएको छ । उनी बुटवलमा मात्रै होइन्, मुलुकभरमै सफल उद्योगीका रुपमा चिनिन्छन् ।
यस्तै, नेपाली कम्युनिष्ट पार्टी नेकपाले सुभाष पाण्डे विश्वदीपलाई उम्मेदवार बनाएको छ । लामो समयदेखि बुटवलका मतदातासँग भिजेका उनी युवाहरु माझ राम्रो प्रभाव राख्छन् । रुपन्देहीको सैनामैनाका बासिन्दा रहेका पाण्डेले युद्धकालदेखि शान्ति प्रक्रिया हँुदै लामो समय डा बाबुराम भट्टराई र प्रचण्डको सचिवालयमा रहेर धेरै अनुभव हासिल गरेका छन । जनयुद्धदेखि शान्ति प्रक्रियासम्म, संघीय समावेशी गणतन्त्रको स्थापना यात्रादेखि अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति एवं नेपालको ऐतिहासिक राजनीतिक मोडहरुमा शीर्षस्थ नेतृत्वसँगै रहेर उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन ।
रास्वपाले अधिवक्ता समेत रहेका युवा सुलभ खरेललाई उम्मेदवार बनाएको छ । युवाहरु माझ लोकप्रिय उनी प्रष्ट वक्ताका रुपमा चिनिन्छन् । यसैगरी नेपाल जनसेवा पार्टीबाट उम्मेदवार बनेका चिकित्सक कमल भुसाल निकोलससमेत यही क्षेत्रबाट चुनावमा होमिएका छन् । आफूलाई अभियन्ता बताउने उनी पनि युवाहरुमाझ बलियो पकड भएका युवा हुन् ।
रुपन्देही २ मा लगातार जित निकाल्दै आएका एमाले नेता बिष्णुप्रसाद पौडेल तुलनात्मक रुपमा अन्य उम्मेदवार भन्दा बलिया देखिएपनि पछिल्लो बदलिदो परिस्थितिले उनलाई रक्षात्मक बनाएको छ । रुपन्देही छाडेर पाल्पा–२ बाट उम्मेदवार बन्ने तयारी गरेका उनी यस क्षेत्रका कार्यकर्ताहरुको दवावपछि यहीबाट उम्मेदवार बनेका हुन् ।
बुटवल उपमहानगरपालिकाका १ देखि १३ नम्बरसम्मका वडा, तिलोत्तमा नगरपालिकाका १ देखि ६ सम्मका वडा र सैनामैना नगरपालिकाका १ देखि ४ सम्मका वडा यस क्षेत्रमा पर्छन् । यहाँ १ लाख ३५ हजार ५० मतदाता छन् । सहरी क्षेत्र भएकाले यहाँको मत परिवर्तन हुनसक्ने आँकलन गरिएको छ । जेनजी आन्दोलनपछि आम मतदाताको चाहनामा धेरै बदलाव आएको बिशलेषकहरु बताउछन । उनिहरुका अनुसार युवा पुस्ताका उम्मेदवारप्रति मतदाताहरुको आकर्षण बढ्दै गएकाले यस क्षेत्रको निर्वाचन यसैले जित्छ भनेर आड्कल गर्न सक्ने अवस्था छैन ।
बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको राज्य सञ्चालनको अवस्थाप्रति असन्तुष्टि जनाउँदै राज्य राज्यजस्तो नरहेको टिप्पणी गरेका छन्। प्रेस ...
दाङ । दाङको देउखुरीमा मध्यराति भएको सडक दुर्घटनामा एक युवकको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। ...
बुटवल । नवलपरासीकाे रामग्राममा ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोषकान्त पोखरेलको निधन भएको छ । आज शुक्रबार दिउँसो पश्चिमबाट पूर्वतर्फ जाँदै ...