प्यूठानमा पाँच राजनीतिक दलको आक्रामक प्रचार

प्यूठान । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिंदै जाँदा एकमात्र निर्वाचन क्षेत्र रहेको प्युठानमा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ । एक लाख ६५ हजार बढी मतदाता रहेको यस जिल्लामा फरक पृष्ठभूमि, अनुभव र रणनीति बोकेका नेताहरू मैदानमा उत्रिएका छन।
प्युठानमा क्रियाशील पाँच राजनीतिक दलले यसपटक आक्रामक प्रचार रणनीति अपनाएका छन् । नेकपा एमालेबाट सूर्य थापा, नेपाली कांग्रेसबाट गोविन्दराज पोखरेल, नेपाली कम्युनिस्ट पार्टी नेकपाबाट कृष्णध्वज खड्का र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट नवप्रवेशी सुशान्त वैदिक, जनमोर्चाका तिलकबहादुर जिसी उम्मेदवार बनेका छन ।
प्युठानमा यसपटक प्रत्यक्षतर्फ १४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । अन्य उम्मेदवारहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट धनेश्वर पण्डित, प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपाबाट श्यामलाल गहतराज, मंगोल नेशनल अर्गनाइजेशनबाट हर्कबहादुर पुन, नेकपा संयुक्तबाट नवीन कक्षपति, नेशनल रिपब्लिक नेपालबाट तारासिंह थापामगर, नेपाली जनता दलबाट विमलप्रसाद पोखरेल, नेकपा माओवादीबाट सीता बिक, आम जनता पार्टीबाट रोमबहादुर थापामगर , श्रम संस्कृति दलबाट गोबिन्द गिरी उम्मेदवार छन् । अहिलेसम्मको चुनावी रणनीति र माहौल हेर्दा यसैले जित्छ भनेर भन्न सक्ने अवस्था छैन । यतिबेला उम्मेदवारहरु आफूले मत प्राप्त गर्न सक्ने ठाँउको पहिचान गरेर ती ठाँउहरुमा केन्द्रित छन । उनिहरु जिल्ला बाहिर रहेका मतदातालाई भेट्न समेत पुगेका छन ।
बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको राज्य सञ्चालनको अवस्थाप्रति असन्तुष्टि जनाउँदै राज्य राज्यजस्तो नरहेको टिप्पणी गरेका छन्। प्रेस ...
दाङ । दाङको देउखुरीमा मध्यराति भएको सडक दुर्घटनामा एक युवकको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। ...
बुटवल । नवलपरासीकाे रामग्राममा ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोषकान्त पोखरेलको निधन भएको छ । आज शुक्रबार दिउँसो पश्चिमबाट पूर्वतर्फ जाँदै ...