प्रधानमन्त्री बालेनको भारत भ्रमण : कुन कुन मन्त्रीदेखि पत्रकारसम्म जाँदैछन ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा हुने भारत भ्रमणका लागि ३५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नाम सार्वजनिक भएको छ।
प्रधानमन्त्रीको सचिवालयले भ्रमणमा सहभागी हुने सरकारी अधिकारी, राजनीतिक सल्लाहकार, सुरक्षा निकायका प्रतिनिधि तथा सञ्चारकर्मीसहितको टोलीको सूची सार्वजनिक गरेको हो।
प्रधानमन्त्री शाहको भारत भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसहित प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह तथा सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र सहभागी हुनेछन्।
त्यस्तै, भ्रमण टोलीमा मुख्यसचिव गोविन्दबहादुर कार्की, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङ र लगानी बोर्डकी प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याब पनि छन्।
भ्रमण दलमा प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीका निजी सचिवालयका अधिकारी, विभिन्न मन्त्रालयका सहसचिव तथा उपसचिव, शिष्टाचार अधिकारी र सुरक्षा निकायका प्रतिनिधिहरूलाई समेत समेटिएको छ।
विशेषगरी भ्रमण टोलीमा सञ्चार क्षेत्रको प्रतिनिधित्व पनि देखिएको छ। गोरखापत्रकी संवाददाता तारा हमाल ढुंगाना, राष्ट्रिय समाचार समिति (रासस) का संवाददाता कमल कुमार बस्नेत तथा नेपाल टेलिभिजनका भिडियोग्राफर अशोक कुमार बस्नेत पनि टोलीमा सहभागी हुनेछन्।
त्यसैगरी प्रधानमन्त्रीको सुरक्षाका लागि नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल बलमुकुन्द बिष्ट र मेजर सुशील बानियाँ तथा नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक दीपेश बस्याल खटिनेछन्। भ्रमण टोलीमा क्यानका महानिर्देशक मुकेश डंगोल पनि समावेश छन्।
प्रधानमन्त्री शाह नेतृत्वको प्रतिनिधिमण्डल आज अपराह्न १ बजेर ४५ मिनेटमा नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ।
सरकारका उच्च अधिकारी, राजनीतिक नेतृत्व, आर्थिक तथा कूटनीतिक क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीसमेत समेटिएको भ्रमण टोलीलाई नेपाल–भारत सम्बन्धका विभिन्न आयाममा हुने छलफलका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।
भारत भ्रमणमा जाने ३५ सदस्यीय प्रतिनिधिमण्डलको सूची :
१. बालेन्द्र शाह – प्रधानमन्त्री
२. डा. स्वर्णिम वाग्ले – अर्थमन्त्री
३. शिशिर खनाल – परराष्ट्रमन्त्री
४. कुमार व्यञ्जनकार – प्रधानमन्त्रीका प्रमुख सल्लाहकार
५. असिम शाह – प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार
६. विवेक मिश्र – सूचना तथा सञ्चार प्रविधि सल्लाहकार
७. गोविन्दबहादुर कार्की – मुख्यसचिव
८. अमृतबहादुर राय – सचिव, परराष्ट्र मन्त्रालय
९. रुद्रसिंह तामाङ – सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
१०. सुभाष शर्मा – प्रधानमन्त्रीका प्रमुख निजी सचिव
११. याङ्की उक्याब – प्रमुख कार्यकारी अधिकृत, लगानी बोर्ड
१२. जगदीश्वर पाण्डे – परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार
१३. प्रदीप परियार – प्रधानमन्त्रीका निजी सचिव
१४. गहेन्द्रराज भण्डारी – सहसचिव, परराष्ट्र मन्त्रालय
१५. कुमारराज खरेल – शिष्टाचार महापाल
१६. लोकबहादुर पौडेल क्षेत्री – सहसचिव तथा प्रवक्ता, परराष्ट्र मन्त्रालय
१७. अमृत लम्साल – सहसचिव, अर्थ मन्त्रालय
१८. सुभाष ढकाल – सहसचिव, सूचना प्रविधि तथा डिजिटल सुशासन कार्यालय
१९. सुनील पौडेल – सहसचिव, ऊर्जा मन्त्रालय
२०. दीपा दाहाल – सञ्चार व्यवस्थापन तथा अनुसन्धान संयोजक
२१. सिलवाल – उपसचिव, परराष्ट्र मन्त्रालय
२२. विजय राज तण्डुकार – उपसचिव, परराष्ट्र मन्त्रालय
२३. लोचन पौडेल – परराष्ट्रमन्त्रीका प्रमुख निजी सचिव
२४. दीपकराज निरौला – शिष्टाचार अधिकृत
२५. मनोज गैरे – शाखा अधिकृत, परराष्ट्र मन्त्रालय
२६. बलमुकुन्द बिष्ट – लेफ्टिनेन्ट कर्णेल, प्रधानमन्त्रीका एडीसी
२७. सुशील बानियाँ – मेजर, प्रधानमन्त्रीका सुरक्षा अधिकृत
२८. दीपेश बस्याल – प्रहरी नायब उपरीक्षक, प्रधानमन्त्रीका सुरक्षा अधिकृत
२९. विनय शाक्य – प्रधानमन्त्रीका निजी उपसचिव (सञ्चार)
३०. तारा हमाल ढुंगाना – संवाददाता, गोरखापत्र
३१. कमल कुमार बस्नेत – संवाददाता, रासस
३२. अशोक कुमार बस्नेत – भिडियोग्राफर, नेपाल टेलिभिजन
३३. प्रेमराज गौतम – उपशिष्टाचार महापाल
३४. रोशन के.सी. – मेजर, प्रधानमन्त्रीका एडीसी
३५. मुकेश डंगोल – क्यानका महानिर्देशक
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण यतिबेला दुई देशबीचको कूटनीतिक सम्बन्धका कारण मात्र चर्चामा छैन, उनले अपनाएको नयाँ कार्यशैलीका ...
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि आइतबार भारत प्रस्थान गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण ...
दाङ । दाङकाे लमही नगरपालिका–९ शिवखोलानजिक पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहकबस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । आज बिहीबार बिहान ...