कपिलवस्तुमा स्कुल बसको ठक्करबाट मोटरसाइकलमा सवार वृद्धकाे मृत्यु, चालक घाइते

कपिलवस्तु । कपिलवस्तुमा बोर्डिङ स्कुलको बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।
सोमबार साँझ करिब ५ बजेतिर कपिलवस्तु नगरपालिका–६, थुमुवास्थित ४ नम्बर सडकमा लु १ ख ८६४३ नम्बरको स्काईलार्क बोर्डिङ स्कुलको बसले युपी ५५ एल ०४८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार स्थानीय ६५ वर्षीय मुस्तकिम मुसलमान गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि भैरहवा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन।
दुर्घटनामा मोटरसाइकल चालक स्थानीय ५५ वर्षीय मजहर मुसलमान घाइते भएका छन्।
दुर्घटनामा संलग्न बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको राज्य सञ्चालनको अवस्थाप्रति असन्तुष्टि जनाउँदै राज्य राज्यजस्तो नरहेको टिप्पणी गरेका छन्। प्रेस ...
दाङ । दाङको देउखुरीमा मध्यराति भएको सडक दुर्घटनामा एक युवकको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। ...
बुटवल । नवलपरासीकाे रामग्राममा ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोषकान्त पोखरेलको निधन भएको छ । आज शुक्रबार दिउँसो पश्चिमबाट पूर्वतर्फ जाँदै ...